प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको छ । यसबीचमा मुलुकको राजनीति लिकमा आएको छ भने अर्थतन्त्रले लय समात्न थालेको छ । तत्कालीन प्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा भङ्ग गरी देशलाई अनिश्चयको दिशातर्फ धकेलेपछि सर्वोच्च अदालतले दुई पटक नै प्रतिनिधि सभा ब्युँताइदिएको थियो । दोस्रो पटक ब्युताउँदा भने नयाँ सरकार गठनको मार्ग पनि प्रशस्त गरिदिएपछि २०७८ असार २९ गते देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बनेको थियो । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारले स्थानीय निर्वाचन गराई सफलता पनि हात पा¥यो ।
रुकुम पश्चिममा जंगली च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका ७ मग्मा नदुवाका आशिराम खत्रीको पाँच जना परिवार बिरामी भएका हुन् ।
रौतहटको चन्द्रपुर नगरपालिकामा रहेका अधिकांश विद्यालयका विद्यार्थीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । एक विद्यालय एक नर्सको अवधारणाअनुरूप नगरपालिकाका १२ वटा माध्यमिक विद्यालयमा खटाइएका स्टाफ नर्सले दिएको जानकारीबमोजिम ती विद्यालयका विद्यार्थीमा भाइरल ज्वरोको प्रकोप देखिएको हो ।
चलचित्रको कथा सुरु हुन्छ दुई गाउँ भकुण्डे र सल्लेका गाउँलेको विवादबाट । सल्ले र भकुण्डे गाउँ दुवै चुथ्रे वनसँग जोडिएका छन् । सल्ले गाउँका गाउँलेलाई लाग्छ यो वन उनीहरूलाई सरकारले सित्तैमा दिएको हो तर यता वर्षौंदेखि जङ्गलमा घाँस र दाउरा काट्दै गरेका भकुण्डेका गाउँलेलाई पनि वन आफ्नै हो भन्ने हुन्छ । एक दिन जङ्गलमा रुखमा चढेर स्याउला निकालिरहेका भकुण्डेका केटालाई सल्ले गाउँका केटाको समूहले नराम्रोसँग कुट्छन् र उप्रान्त जङ्गलमा देखा नपर्न धम्कीसमेत दिन्छन् ।
म्याग्दीमा एक वर्षको अवधिमा १९ किलोमिटर सडक कालोपत्र भएको छ । चालु आर्थिक वर्षमा बेनी जोमसोम कोरला सडक आयोजना, पूर्वाधार विकास कार्यालय म्याग्दी र सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले गरेर जिल्ला भित्रका विभिन्न स्थानहरुमा १९ किलोमिटर छ सय ७० मिटर सडक कालोपत्र गरिएको हो ।
आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रयोग भएको सम्बन्धमा छानबिनका लागि गठित संसदीय विशेष समितिले आवश्यक कागजात अर्थ मन्त्रालयसँग माग गरेको छ ।
पनौती नगरपालिका–९ जाकिडोलका तीन वर्षीय बालक प्रयत्न श्रेष्ठको श्वासनलीमा अड्किएको पेन्सिल (सिसाकलम) शल्यक्रिया गरी निकालिएको छ । धुलिखेल अस्पतालले सफल शल्यक्रिया गरी श्वासनलीबाट पेन्सिल निकालेको हो ।
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भाग्नुभएको छ । श्रीलंकाका लाखौं नागरिकले प्रदर्शनसहित राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्ने प्रयासमा हुनुहुन्थ्यो ।
कलाकार अक्षरा सिंहको ठमेलस्थित मिथिला यें आर्ट ग्यालरीमा ‘ब्युटी अफ नेचर’ शीर्षकमा पहिलो एकल चित्रकला प्रदर्शनी भइरहेको छ । नेपालका हिमाल, पहाड, रङ्गीबिरङ्गी चरा, मन्दिरको शोभा बढाउने घन्टीलगायत प्राकृतिक सौन्दर्यलाई उहाँले विशाल क्यानभासमा सजाउनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको नेपाल सरकारको वर्ष दिन पुगेको उपलक्ष्यमा राष्ट्रिय समाचार समिति (रासस) बाट सम्प्रेषण भएका फाइल तस्वीर ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा कुल बजेटको ६२.३७ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजार बजेट विनियोजन गरेको थियो । जसमध्ये असा
लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ७४.५८ प्रतिशत मात्र बजेट खर्च गर्न सफल भएको छ । यो अघिल्लो आर्थिक वर्षभन्दा ९.४२ प्रतिशत कम खर्च हो । लुम्बिनी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा कुल ८३ प्रतिशत बजेट खर्च गर्न सफल भएको थियो ।
विराटनगर–७ स्थित कोसी अस्पतालको नवनिर्मित भवनबाहिर मङ्गलबार प्र १–०२–००३ ह ४१०८ नम्बरको सिटी रिक्साको चक्कामा रड अड्कियो । चालकले रडको डङ्गुर छिचोल्दै गुडाएको सिटी रोकियो । केही बेर त्यहाँ सवारी साधनको जाम भयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अहिले संघीयताविरुद्ध अफवाह फैलाउने काम भईरहेको बताउनुभएको छ । यसमा प्रतिगमनकारीको षडयन्त्र रहेको उहाँको आरोप छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य भाषिक एकीकरणका नायक भएको बताउनुभएको छ । आदिकवि आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा शुभकामना दिनुहुँदै उहाँले भानुभक्तद्वारा सिर्जित साहित्यिक रचनाले सम्पूर्ण नेपालीलाई एउटै भाषिक सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरेको उल्लेख गर्नुभएको छ ।