चितवन, बारा र तनहुँमा आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले चितवन क्षेत्र नं. २, तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने बताउनुभयो । उहाँका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिन चाहनेले उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न सक्नुहुनेछ ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि सोमबार मनोनयन पेस गर्न जाँदा ब्यानर, झण्डा, बाजागाजासहित जान नपाइने जनाएको छ ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्न पाउने कि नपाउने भन्ने विषयमा सर्वोच्च अदालतको व्याख्या गर्नुपर्ने बताउनुभएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय बारामा सेवाग्राहीसँग घुस लिएको आरोपमा एक जना कर्मचारी र लेखापढी सहयोगीलाई पक्राउ गरेको छ ।
विश्व सूचना प्रविधि क्षेत्रमा कृत्रिम बौद्धिकता आर्टिफेसिएल इन्टिलिजेन्ट (एआई) को छुट्टै स्थान छ।
सरकारले मौसमी रुघाखोकी लाग्दा जथाभाबी रूपमा यान्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै मौसमी रुघा खोकीमा जथाभाबी रूपमा यान्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको हो।
प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने विभिन्न विषयमा विद्यार्थीलाई दीक्षित गर्नुभएको छ ।
गीतकार लक्ष्मणकृष्ण ताम्राकारको गीतसङ्गीत ‘नगाइएका गीतहरू’ सार्वजनिक भएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक कार्यक्रमबीच त्यसको सार्वजनिक गर्नुभएको हो ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको निकासका लागि आफूहरू सबल राष्ट्रिय शक्ति निर्माणको प्रयासमा रहेको बताउनुभएको छ ।
नेपाल उद्योग परिसंघ (सीएनआइ) का अध्यक्ष विष्णु अग्रवालसहितको टोलीले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर तरलता बढाउने र ब्याजदर घटाउने उपायसहितको सुझाव दिएको छ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकासको आधारशिला तयार गर्न नसकिने बताउनुभएको छ ।
प्रतिनिधि सभाको आइतबार बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ।
हालै इरानमा सम्पन्न विश्वकप जुनियर कबड्डी खेलमा तेस्रो स्थान प्राप्त गर्ने नेपाली टोलीका इसरार खाँलाइ नेपालगञ्जमा सम्मान गरिएको छ ।
हालसम्म ३५ वटा अस्पतालले मात्र मस्तिष्क मृत्युपछि समन्वय इकाईमा जानकारी गराएको पाइएको छ।
नेपाल तेक्वान्दो संघको आयोजनामा प्रथम एनटिए खुला तेक्वान्दो पुम्से लिग च्याम्पियनसिप चैत २९ गते हुने भएको छ ।