हरि हुमागाईँको निर्देशनमा बनेको 'तूइन् पारी' बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कमल खत्रीको स्वर, शब्दसङ्गीत र रिकेश गुरुङको सङ्गीत संयोजन छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि मुलुकमा हुन नदिन सरकार दृढ र प्रतिबद्ध रहेको बताउनुभएको छ।
नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताउनुभएको छ । उहाँले त्यसका लागि निजी क्षेत्रको सुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
पूर्वी नवलपरासी देवचुलीको पिप्रहरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको सुरुवात गरिएको छ ।
अभिनेत्री सुरक्षा पन्त अभिनीत फिल्म ‘बहाव’को प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मका निर्माण टोली प्रचार प्रसारका लागि दौडधुपमा छन् ।
मिटरब्याजीहरुको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले विरोध गर्नुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोशी प्रदेशको नामाकरणप्रति लोकतन्त्रमा जनताले आफ्नो मत व्यक्त गर्ने अधिकारअनुरुप विरोध गरेको बताउनुभएको छ ।
तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाह सिंजालीले लैंगिक समानता र सामाजिक न्यायका लागि हरेक क्षेत्रमा महिला एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गर्ने भएको छ ।
ललितपुरको चापागाँउमा चोरी भएको मूर्ति खोज्न प्रशासनले बेवास्ता गरेको भन्दै स्थानीयले दबाबस्वरुप सडक अवरुद्ध गरेका छन् ।
संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृङ्खलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।
प्रतिनिधि सभा बैठक
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
आगामी वैशाख १० मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा हुनुहुन्छ टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त हुनुहुन्छ ।