• ४ असार २०८१, मङ्गलबार

पुम्से लिग च्याम्पियनसिप हुने

blog

तेक्वान्दो पुम्से लिग च्याम्पियनसिप बारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत १९ गते । नेपाल तेक्वान्दो संघको आयोजनामा प्रथम एनटिए खुला तेक्वान्दो पुम्से लिग च्याम्पियनसिप चैत २९ गते हुने भएको छ ।

च्याम्पियनसिपमा देशभरका तीन सयभन्दा बढी खेलाडीको सहभागिता रहने आइतकार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।  प्रतियोगितामा सिनियर, जुनियर, क्याडेट र सुपर क्याडेट गरी सात उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।

भविश्यमा राम्रा तेक्वान्दो खेलाडी उत्पादन गर्ने उद्येश्यले लिग प्रतियोगिता आयोजना गरिन लागिएको संघले जनाएको छ ।

प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल गरिने प्रतियोगिताका संयोजक बब्लु सिवाकोटीले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न नौ लाख ५० हजार रुपियाँ खर्च हुने संघले जनाएको छ ।