• ४ असार २०८१, मङ्गलबार

पीएसजीलाई लियोनको धक्का

blog

पीएसजीविरुद्ध सट प्रहार गर्दै लियोनका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, चैत २० गते । फ्रेन्च लिग वान फुटबलको उपाधि दौडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई लियोनको धक्का लागेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजी लियोनसँग १-० गोलले पराजित भयो ।

प्रतिस्पर्धात्मक खेलमा लियोनलाई जिताउन ब्राडली बार्कोलाले गोल गर्नुभयो । ब्राडलीले ५६औँ मिनेटमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो । जितसँगै २९ खेलबाट ४४ अङ्क बनाएको लियोन नवौँ स्थानमा उक्लिएको छ ।

समान खेलबाट ६६ अङ्क बनाएको पीएसजी शीर्षस्थानमा यथावत् छ । दोस्रो स्थानमा रहेको लेन्स र तेस्रो स्थानमा रहेको मार्सेलीको समान ६० अङ्क छ । एजेन्सी