• ३ असार २०८१, सोमबार

बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जित

blog

भालाडोलिडविरुद्ध गोल गर्दै रियलका करिम बेन्जेमा । तस्बिर : एएफपी

काठमाडौं, चैत २० गते । करिम बेन्जेमाले ह्याट्रिक पूरा गरेको खेलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि फराकिलो जित निकालेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले भालाडोलिडलाई ६–० गोलले हरायो । एकपक्षीय खेलमा रियललाई जिताउन बेन्जेमाले ह्याट्रिकसँगै रोड्रिगो, मार्को असेन्सियो र लुकास भाजक्वेजले एक एक गोल गर्नुभयो । 

रोड्रिगोले  २२औँ मिनेटमा खाता खोल्नुभएको थियो । त्यसपछि बेन्जेमाले २९औँ, ३२औँ र ३६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो । असेन्सियोले ७३औँ र इन्जुरी समयमा लुकासले गोल गर्दै रियललाई सजिलै जिताउनुभयो ।

जितसँगै दोस्रो स्थानमा रहेको रियलको २७ खेलबाट ५९ अङ्क छ । पराजित रियल भालाडोलिड २८ अङ्कसहित १६औँ स्थानमा छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको ७१ अङ्क छ ।

तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५४ अङ्क छ । आइतबार राति नै भएको खेलमा एट्लेटिकोले रियल बेटिसलाई १–० गोलले हरायो । एजेन्सी