• २३ वैशाख २०८१, आइतबार

युवा–अब जुट अब उठ (कविता)

blog

हे युवा शक्ति अब त उठौँ है, 

हे युवा शक्ति अब त जुटौँ है ।  

देश बनाउनलाई उठौँ है,  

नेपाल आमालाई बचाउनलाई उठौँ है ।


हे युवा शक्ति अब त उठौँ है, 

देशको अस्तित्व बचाउनलाई उठौँ है ।

हे युवा शक्ति अब त जुटौँ है । 

भ्रष्टाचार नामक रोगको ओखती खोज्न जुटौँ है ।


हे युवा अहिले न उठे कहिले उठ्ने ? 

अझै कति निर्मलाहरूलाई बलि चढाउने ?

अझै कतिलाई बाक्सामा भरेर ल्याउने ? 

अझै कति प्रेमप्रसाद आचार्यहरूलाई गुमाउने ?


देशको समस्या सबै तिमी हेर है युवा, 

देशलाई तिमी नियाल है युवा ।

नेपाल आमाको पुकारलाई तिमी सुन है युवा, 

अब त तिमी उठ है युवा । 


देशको आशा पनि तिमी नै हौ,  

देशको भरोसा पनि तिमि नै हौ युवा ।

तर तिमी विदेशी भूमिमा रमायौ, 

अब त स्वदेशमै बस है युवा ।


सीताको पवित्रताले तिमीलाई पुकार्दै छ, 

विश्वको शिर सगरमाथाले तिमीलाई बोलाइरहेको छ ।

बुद्धको आदर्श वाणीले तिमीलाई सम्झिरहेको छ ।

अब त उठ है युवा । अब त जुट है युवा ।


युवाको जोश देखाउ है, युवाको साहस देखाउ है

समय यही हो देशका लागि दिने 

हे युवा अब त उठौँ है । 

तिमी बूढी आमाको भिजेका परेला पुछ्न उठ, 

तिमी भोकाहरूको पेट भर्न उठ ।


देशको भ्रष्टाचार हटाउन जुट । 

हे युवा शक्ति अब त उठौँ है, 

हे युवा शक्ति अब त जुटौँ है । 

स्मल हेभन मोडल स्कुल

भरतपुर, चितवन