जिम्बाबेमा आगामी जुन जुलाईमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोट खेलका लागि १० मध्ये नौ टोलीको तय भएको छ ।
चैत १७ गतेदेखि यो वर्षको चियाको पहिलो प्रशोधन थालेको जसबिरे चिया उद्योगमा पहिलो पटकको चिया नै नष्ट भयो ।
नागरिकता प्राप्तिका विषयलाई लिएर उम्मेदवारी खारेजीको मागमा परेका चितवन क्षेत्र –२ का उम्मेदवार रवि लामिछानेले आफ्नो उम्मेदवारी खारेज गर्नुपर्ने कुनै कारण नभएको बताउनुभएको छ ।
तीन विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का रोकिएका क्याम्पसपमा एकै दिन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गरेका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणका लागि तत्काल जग्गाको व्यवस्थापन गरिने बताउनुभएको छ ।
एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशतमा खुम्चने र मुद्रास्फीति सात दशमलव चार प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ।
हेलिकप्टरबाट खिँचिएको त्रिभुवन विमानस्थललगायत काठमाडौं उपत्यका भक्तपुर वरपरको दृश्य । तस्बिर : प्रदीपराज वन्त/रासस
कैलालीका मुनु अधिकारी कवितामा आधारित नेपालकै पहिलो रियालिटी सो पोइट आइडियलमा उत्कृष्ट सात जनामा पर्न सफल हुनुभएको छ ।
निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ।
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गर्नुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनीसहित तीन जनाविरुद्ध एक लाख ९९ हजार ८९७ हजार भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।
कुशे गाउँपालिकाले सुत्केरी, गर्भवती, एकल महिलासँग उपाध्यक्ष कार्यक्रम सुरु गरेको छ । सो अवसरमा चालु आर्थिक वर्ष २०७९–८० वार्षिक स्वीकृत कार्यक्रमअनुसार ९ वटै वडाका सुत्केरी, गर्भवती, एकल महिलालाई आवश्यक सामग्री वितरण गरिएको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका –५ मल्कबाङको चरन क्षेत्रमा भेंडाको बथान । गर्मीयाम सुरु भएसँगै बेंसीका भेंडीगोठ पहाडतर्फ लैजाने तयारी गरिँदै छ । तस्बिरः कमल खत्री/रासस
कैलालीको गौरीगङ्गा नगरपालिकामा आज बुधबारबाट सुरु भएको गौरीगङ्गा गोल्डकपमा आयोजक गौरीगङ्गा –११ स्पोर्टस् क्लब विजयी भएको छ ।
सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ। यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ।