भ्रष्टाचार मुलुकको चुनौतीपूर्ण समस्या हो । भ्रष्टाचारको बढ्दो प्रवृत्तिले समाज एवं राष्ट्रको प्रतिष्ठामा ह्रास आएको छ । मुलुकमा गरिबी, आर्थिक असमानता, राज्यस्रोतको उच्च दुरुपयोग, अराजकता, सामाजिक एवं आर्थिक विकृति, मूल्यवृद्धिलगायतको प्रतिकूल अवस्था विद्यमान छ । राजनीतिक एवं प्रशासनिक पदाधिकारी, बिचौलिया, उपभोक्ता समिति, सरोकारवालालगायतको मिलेमतोमा हुने भ्रष्टाचार क्रमशः सङ्गठित हुँदै गएको छ । यसले मुलुकको समग्र विकासमा सङ्कुचन ल्याउनुका साथै सामाजिक न्यायलाई कुण्ठित गर्दै लगेको महसुस भएको छ ।
तनहुँको व्यास नगरपालिका–१०, डिहीगाउँको कुसुन्डा परिवारकी इन्द्रमायालाई सरकारी जागिर खाने ठूलो इच्छा छ। पढ्न लेख्न नआए पनि आफ्नो क्षमताअनुसारको सरकारी जागिरका लागि उहाँले चिनजानका जनप्रतिनिधिसँग पटक–पटक हारगुहार गरिरहनुभएको छ। आफू र छोरीसहितको दुई जनाको परिवार चलाउन उहाँलाई आर्थिक अभाव पनि हुने गरेको छ।
पशु चौपायामा लगाउने गरिएको खोप कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ। पशुमा लाग्ने रोग सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ लागू गरिएको खोप कार्यक्रमले कास्कीका किसान खुसी भएका छन्।
धनकुटाको चौबिसे गाउँपालिका वडा नम्बर ५ बज्र माईका कुलबहादुर बस्नेतले करिब चार दशक अघि बुवा आमाको बर पिपल रोप्नु भयो ।
साहित्यिक पत्रकार सङ्घले नियमित रूपमा मनाउँदै आएको कथा दिवस यस पटक पनि विविध कार्यक्रम गरेर मनाइएको छ । ४२औँ कथा दिवसका अवसरमा ‘मैनालीका कथामा पूर्वीय आदर्श चेतना’ विषयमा विद्यावारिधि गर्नुभएका डा. घनश्याम पुडासैनीलाई ‘मैनाली कथा सम्मान’ प्रदान गरियो । सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित कार्यक्रममा कथाकार हिरण्यकुमारी पाठकले डा. पुडासैनीलाई सम्मान गर्नुभयो । यसैगरी सङ्घका आजीवन सदस्य रेखा यादवलाई सांसदजस्तो गरिमामय जिम्मेवारीमा पुग्न सफल भएकोमा सम्मान प्रदान गरिएको थियो ।
नेपाली साङ्गीतिक जगत्मा चर्चित नाम हो, विशाल ढकाल । ठूला चलचित्रलगायत असङ्ख्य गीतमा सङ्गीत दिएका ढकाल निरन्तर यही क्षेत्रमा सक्रिय हुनुहुन्छ । रोजगारीको सिलसिलामा अहिले अस्ट्रेलिया बस्दै आएका उहाँ नवलपरासीको गैँडाकोट नगरपालिका–५, पारिजात टोलका स्थायीवासी हुनुहुन्छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानले आगामी वैशाख ५ र ६ गते ऊर्जा सम्मेलन गर्ने भएको छ । ऊर्जा क्षेत्रका नयाँ आयाम, विद्युत् व्यापार तथा खपत विस्तारलगायतका विषयमा छलफल गर्ने गरी सम्मेलन आयोजना गर्न लागिएको इप्पानले जनाएको छ ।
बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका दलले सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारबाट राजीनामा दिएको लामो समय हुँदासमेत सरकारले पूर्णता पाउन सकेको छैन। केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै प्रदेशमा पनि बदलिएको सत्ता गठबन्धनका दलबीच भागबन्डा नमिल्दा सरकार विस्तारमा ढिलाइ भएको हो। गत पुस २५ गते नेकपा माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेललाई मुख्यमन्त्री बनाउन समर्थन गरेका चार दलमध्ये नेकपा (एमाले) सरकारबाट बाहिरिएको झन्डै दुई साता र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाडेको एक महिनाभन्दा लामो समय बितिसकेको छ।
काठमाडौँ उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक रु एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ ।
दोलखाका दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तहमध्ये तीनवटाको कार्यालय भवन अझै निर्माण भएका छैन। स्थानीय तहमा निर्वाचित प्रतिनिधि आएको छ वर्ष हुनै लाग्दा पनि तीन स्तानीय तहमध्ये केही जग्गा अभाव र केही विवादका कारण प्रशासकीय भवन निर्माण गर्न नसकेका हुन्। कालिञ्चोक, मेलुङ र तामाकोशी गाउँपालिकाको आफ्नै भवन नहुँदा भाडाको घरमा कार्यालय सञ्चालन गरिरहेका हुन्।
तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कञ्चनपुरमा ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुनसकेको छैन ।
म्याग्दीमा किसानलाई घाँसको बीउ र औषधि वितरण गरिएको छ । बेनी नगरपालिकाको छवटा वडालाई समेटेको बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आबद्ध किसानलाई घाँसको बीउ र औषधि वितरण गरिएको हो ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) जारी छ। मधेश प्रदेशमा एसईई परीक्षा विगतभन्दा यस वर्ष मर्यादित देखिएको छ। तर केही परीक्षा केन्द्रमा नयाँ प्रविधिको माध्यमबाट परीक्षामा अमर्यादित कार्यहरू भइरहेको पाइएको छ। नयाँ प्रविधिको प्रयोग गरेर चिट चोराउने कार्यमा विद्यार्थी, अभिभावक र शिक्षकको संलग्नता पाइएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गर्नुभएको छ । वरिष्ठ उपाध्यक्षका तीन आकाङ्क्षी उमेशलाल श्रेष्ठ, रामचन्द्र सङ्घई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्व चयनको वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ । ढकाल आगामी साधारण सभाबाट स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ ।
अर्थ मन्त्रालयका सचिव तोयम रायले अर्थतन्त्रमा आन्तरिक रूपमा चाप कायमै भए पनि केही क्षेत्रमा सकारात्मक सुधार देखिएको बताउनुभएको छ । बुधबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै उहाँले पर्यटन आगमन, विपे्रषण आप्रवाह, जलविद्युत्जस्ता क्षेत्रमा सुधार आएको बताउनुभएको हो । “अर्थतन्त्र अहिले पनि आन्तरिक रूपमा वित्तीय दबाबमा रहेको र अहिले आन्तरिक रूपमा समस्या भए पनि यी क्षेत्रमा आएको सुधारले अर्थतन्त्रलाई सहयोग पुग्ने देखिन्छ,” उहाँले भन्नुभयो ।