साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार प्रतितोला एक लाख १२ हजार पाँच सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य थप आठ सय रुपियाँले बढेको हो ।
अमेरिकन स्वाइन फिवरका कारण धमाधम बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । धमाधम बङ्गुर मर्न थालेपछि यहाँका किसान लाखौँको नोक्सानी व्यहोर्न बाध्य भएका छन् ।
नेकपा (एकीकृत समाजवादी) ले आ.व ०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव ०७८/७९ को आम्दानी र खर्चको विवरण सार्वजनिक भएको हो ।
काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोङ्गबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ ।
बाँकेको सहरी तथा ग्रामीण क्षेत्रका बजारमा भारतबाट अवैध रूपमा भित्रिएका खाने तेल बिक्रीका लागि खुला रूपमा राख्ने गरिएको पाइएको छ ।
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दौर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री दाहालले इन्दौरमा अवस्थित महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ ।
मुना र छुना दिदीबहिनी थिए । उनीहरू काठमाडौँ उपत्यकानजिकैको एक सरकारी स्कुलमा कक्षा ७ मा पढ्थे । मुना हरेक दिन स्कुलमा पढाएको कुरा घरमा आएपछि रिभिजन गर्थिन् । मन लगाएर होम वर्क गर्थिन् । फुर्सदको बेला ममीलाई पनि सघाउँथिन् । क्लासमा पनि ध्यान दिएर पढ्थिन् तर छुना भने स्कुलबाट घर पुग्नासाथ झोला एकातिर फालेर मोबाइलमा झुन्डि
हाम्रो सुन्दर घर बाल सिर्जना । हजुरबाको नाति म सबैभन्दा जाति म स्कुलमा सबैसँग
रातो, सेतो, गुलाबी औँला भाँची यति धेरै रङमा पाइने कुन फूल हो भन । नेपालको राष्ट्रिय फूल भनी यसलाई चिन्ने चिसो ठाउँ, डाँडाकाँडा फागुन चैतमा फुल्ने ।
भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताउनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा अगाडी बढिरहेको बताउनुभएको छ । नागरिकता समस्या समाधान जनता समाजवादी पार्टीले नै गरेको उहाँले उल्लेख गर्नुभयो ।
मुनाको जेठ अङ्कको ‘स्रष्टा संवाद’ मा यस पटक हामीले तनहुँ जिल्ला, चुँदी रम्घामा जन्मनुभएका साहित्यकार प्रभा भट्टराईसँग एलआरआई मावि, कलङ्कीमा कक्षा ९ मा अध्ययनरत छात्र आदिक काफ्लेले गर्नुभएको संवादलाई प्रस्तुत गरेका छौँ । साहित्यकार प्रभा भट्टराईको बाल्यकाल र साहित्य सिर्जनामा उहाँको योगदानका बारेमा गरिएको रमाइलो कुराकानी :
स्थानः होलीको दिन । घरको छाना । समयः दिउँसो ३ बजे, पात्रहरूः सुमन, आमा, बुवा, परपर काग कराइरहेको छ । वल्लो घर पल्लो घरमा बच्चाहरू होली खेलेर रमाइलो गरेको सुनिन्छ । पृष्ठभूमिमा होलीको गीत पनि बजिरहेको छ । त्यही हल्लाको बीचबाट सुमन आउँछ । सुमन : मैले कस्तरी रङ लगाइदिएँ, सबैलाई लगाइदिएको ।
बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार नै हो ।
मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो ।