• १३ साउन २०८१, आइतबार

सुनको मूल्यमा नयाँ रेकर्ड : प्रतितोला एक लाख १३ हजार तीन सय

blog

काठमाडौं, जेठ १९ गते । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार प्रतितोला एक लाख १२ हजार पाँच सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य थप आठ सय रुपियाँले बढेको हो ।

शुक्रबार सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा आठ सय रुपियाँले बढेर एक लाख १२ हजार ७५० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसैगरी, शुक्रबार चाँदी तोलामा २५ रुपियाँले बढेर एक हजार ४३५ रुपियाँ पुगेको छ । बिहीबार चाँदी एक हजार ४२० रुपियाँमा कारोबार भएको थियो ।