भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवाभोज दिनुभएको छ ।
सन् २०२२ मा स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटमा फसेको श्रीलङ्काले बिहीबार तीन बर्षपछि पहिलो पटक ब्याजदरमा भारी कटौती गरेको छ ।
नेपालमा हरेक वर्ष अङ्ग्रेजी महिना जुन १ लाई विश्व दुध दिवस रूपमा मनाउने गरिन्छ ।
चीनको होङझावमा हुने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि पौडी खेलको छनोट प्रतियोगिता हुने भएको छ ।
सभामुख देवराज घिमिरेले नयाँ संसद भवनको काम निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका १० क्लबले लिग सकेपछि मात्र राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा खेलाडी पठाउने निर्णय गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटलाई भत्काउनुपर्ने बताउनुभएको छ।
र्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित विजुली वृद्धि हुन थालेको छ । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्न थालेसँगै आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट विजुली उत्पादन वृद्धि हुन थालेको हो ।
‘गल्छी–रसुवागढी’ सडक योजना अन्तर्गत विस्तार भइरहेको सडकको मुख्य अवरोधको रूपमा रहेको नुवाकोटको विदुरस्थित बजार क्षेत्रको मुआब्जा समस्या समाधान भएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको बताउनुभएको छ ।
भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रमण पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ ।
बाँकेमा अत्यधिक गर्मी बढेपछि खजुरा गाउँपालिका भित्रका सबै विद्यालयहरू तीन दिनका लागि बन्द गरिएको छ । बाँकेमा केही दिनयता तातो हावा लु चलेर अत्यधिक गर्मी बढ्दै गएपछि खजुरा गाउँपालिकाले सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।
कपिलवस्तुको शिवराज नगरपालिकामा थारु सङ्ग्रहालय निर्माणको काममा तीव्र गतिमा अगाडी बढेको छ ।
बाजुरामा एकै घरका दाजुभाइ भारतमा बेपत्ता भएका छन्। बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा वडा नम्बर ५ डोगडी बस्ने एकै घरका दाजुभाइ भारतबाट नेपाल फर्किने समयमा पौडी जिल्लाको पौवाबाट बेपत्ता भएका हुन्।
नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।