नविल बैङ्कले एकसाथ ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार बैङ्क स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा एक कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो ।
खार्पुनाथ गाउँपालिका –५ स्थित ताक्ला गाउँको बागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले मिलेर पाइपलाइन मर्मत गरी खानेपानी विस्तार गरेका छन् ।
नेपालभित्र उत्पादित भारतीय बजारमा सहज रूपमा बिक्रीका लागि नयाँ मार्ग प्रशस्त भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपालको बिजुलीको सहज व्यापारका लागि नयाँ मार्ग प्रशस्त भएको हो ।
नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदमाथिको प्रहार भएको बताउनुभएको छ।
दाङको घोराहीमा गल्ने र नगल्ने फोहोर वर्गीकरण घरबाटै गर्ने अभियानको सुरुवात भएको छ । अभियानअन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १४ को गोरखा टोल विकास संस्थाका ६० घरधुरीलाई गल्ने फोहोर राख्नका लागि वेष्टविन प्रदान गरिएको हो ।
गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा पत्रकार लेखनाथ न्यौपाने नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका उपसचिव सुरेन्द्र थापाद्वारा प्रेषित पत्रअनुसार उहाँ संस्थानको सञ्चालक समिति सदस्य पदमा नियुक्त हुनुभएको हो ।
सभामुख देवराज घिमिरेले बन्दै गरेको नयाँ संसद भवनको निरीक्षण गर्नुभएको छ । सभामुख घिमिरेले बिहीबार सिंहदरबारस्थित बन्दै गरेको संसद् भवनको निरीक्षण गर्नुभएको हो ।
कैलालीबाट दुई सय ४४ जना मिटरब्याज पीडितले उजुरी दिएका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरूले आयोगमा मिटरब्याजीविरुद्ध उजुरी दिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रदेश सभामा छलफल गरिएको छ। आज बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीको प्रस्तावमा सो विधेयकमाथि छलफल गरिएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज (बिहीबार) तीन जनाको बयान लिन सुरु गरिएको छ ।
नेपाल सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीकोसमेत लगानीमा निर्माण हुने भएको छ ।
नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्त्वपूर्ण मानिएको ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’को शिलान्यास गरिएको छ ।
काभ्रेपलाञ्चोकको बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले एसइई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै नेपालमा नै पहिलो पटक ‘स्कुल टु ओलम्पिक’ नाराका साथ तेस्रो ज्ञानकुञ्ज रोड रेस २०८० आयोजना गर्ने भएको छ ।
अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत निगमले नै तल्लो अरुण जलविद्युत आयोजना पनि निर्माण गर्ने भएको छ ।
दाङको घोराहीमा रहेको एक इलेकट्रोनिक पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।