बुद्ध मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहमा उत्खनन् सुरु भएको छ । बुधबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले संयुक्त रूपमा उत्खननको शुभारम्भ गर्नुभयो ।
इन्धन ढुवानीमा ठुलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ ।
बढ्दो गर्मीका कारण विद्यार्थीलाई समस्या सिर्जना भएको भन्दै कलैया उपमहानगरपालिकाले सात दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका –६ मटरियामा प्रेमिकासँग खटपट परेपछि एक युवाले आफ्नै प्रेमिका र काकाको चक्कु प्रहार गरी हत्या गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालयले आज त्रिशूली नदीमा आयोजना गरेको अनुकरणीय अभ्यासमा गोतखोरहरुले पानीमा बग्दै बचाउ बचाउ भनी चिच्याएका व्यक्तिलाई डोरीको सहायताले तानेर उद्धार गरे ।
सुदूरपश्चिम प्रदेशको आठ जिल्ला सक्रिय कोरोना सङ्क्रमित मुक्त भएको छ । कैलालीसहित पहाडी सबै जिल्ला सक्रिय सङ्क्रमितमुक्त भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको छ ।
घाँस काट्न गएको बेलामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । रामारोशन गाउँपालिका–५ की ६२ वर्षीया पारुदेवी बुढाको बिहीबार बिहान भीरबाट खसेर मृत्यु भएको हो ।
मुगुको छायाँनाथ रारा नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता उपलब्ध गराउने भएको छ । नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता दिने गरी कार्यविधि बनाएको हो ।
युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । हंगेरीमा बुधबार राति भएको फाइनलमा इटालियन क्लब एस रोमालाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै सेभिया च्याम्पियन बनेको हो ।
सुनको मूल्यमा बिहीबार नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य हालसम्मकै उच्च रहेको नपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारले ल्याउने आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नदी कटान नियन्त्रणलाई प्राथमिकता दिन माग गरिएको छ ।
संयुक्त राज्य अमेरिकाले सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न तयार रहेको बताउँदै त्यहाँ युद्धरत पक्षबाट युद्धविरामका सबै प्रावधानको अक्षरशः पालना हुनुपर्ने सर्त अघि सारेको छ ।
अस्पतालहरूमा स्वास्थ्य सेवा विस्तारसँगै स्वास्थ्य बिमाको पहुँच बढ्न थालेको छ । पैसा बोकेर अस्पताल जानेहरू अहिले स्वास्थ्य बीमाको कार्ड बोकेर अस्पताल धाउन थालेका छन् ।