• १३ वैशाख २०८१, बिहिबार

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

blog

काठमाडौं, जेठ १८ गते । सुनको मूल्यमा बिहीबार नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य हालसम्मकै उच्च रहेको नपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज सुनको मूल्य एक लाख १२ हजार पाँच सय पुगेको छ ।

बुधबार एक लाख १२ हजार रुपियाँ प्रतितोलामा सुनको खरिद बिक्री भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपियाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य तोलामा १५ रुपियाँले बढेर एक हजार ४१० रुपियाँ कायम भएको महासङ्घले जनाएको छ ।