रौतहटको परोहा नगरपालिकाले गरिब तथा विपन्न परिवारलाई खाना पकाउने ग्यास सिलिण्डर र चुल्हो वितरण सुरु गरेको छ ।
अत्यधिक गर्मी बढेपछि पठनपाठनमा प्रतिकुल असर परेको भन्दै रौतहटका सबै पालिकाका विद्यालय एक साताका लागि बन्द गरिएको छ ।
चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालनमा ल्याइएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित सयपत्री चौकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेन(पीएसजी) का सुपर स्टार लियोनल मेस्सीले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने पक्का भएको छ । पीएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले मेस्सीले क्लब छाड्न लागेको बताउनुभएको छ ।
गर्मी बढेपछि धनुषास्थित जनकपुरधाम उपमहानगरपालिकाले आठ दिनको लागि बिदा दिएको छ ।
कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीको पुलमा टिकटक बनाउनेको भीडले दुर्घटनाको जोखिम बढाएको छ।
विष्णुप्रसाद देवकोटा डोल्पा, जेठ १९ गते । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित भगवतीको कोटसेरामा बाजागाजाका साथ धान रोपाई मेला सम्पन्न भएको छ । विगतका वर्षहरुमा दलितले मन्दिरका रोलक्रमवाला पुजारी र भगवतीको गुठीपालाका पुजारी लगायत छडीदार र फुलहारालाई काँधमा चढाएर कोटसेराको बीच भागमा पुल्तीस्वरुपको झण्डा गाड्ने चलन थियो । तर दुई वर्षअघि दलित मुक्तिमोर्चाको नाममा जातीय विभेद विरुद्धका अभियान्ताको विरोधपछि दलितले पुजारी लगायत माथिल्लो जातका मानिसहरुलाई काँधमा चढाउने प्रचलनको अन्त्य भएको छ ।तर परम्परालाई जिवित राख्न भने मन्दिरका पुजारीहरुले आफैं काँधमा चढाएर परम्परालाई जिवित राख्ने प्रयासको थालनी गरेका छन् । त्रिपुराकोटस्थित आद्यशक्ति श्रीवाला त्रिपुरासुन्दरी भगवतीको कोटखौलामा रहेको कोटसेरा नामक गुठीको जग्गामा धान रोपाईसँगै धान रोपाई मेला सम्पन्न भएको छ ।रोपाहार र हलिहरु खेतमा धान रोप्नमै मस्त थिए । खेतका प्रत्येक कान्लामा धान रोपाई हेर्ने मानिसहरुको बाग्लो उपस्थिती थियो । उनीहरु सबैको ध्यान रोपाहाराले धान रोपाईसँगसँगै सुरिलो भाकामा गाइरहेका गीतमै केन्द्रित थियो । धान रोप्दै खेतमा रोपाहारा यसरी धान रोपाईको गीत गाउँदै रमाउँदै थिए ।रोप,रोप रोप्नेरीऔ असारमा गोडौली,आरु फुल्यो ड्यौटी दिम्ला माइत गई ओडौली ।कोटसेरामा हुने धान रोपाईमा पुजारीहरु हलिकोको काँधमा लस्करै चढेर हिलो छ्यापाछ्याप गर्ने र हलि रोपाहारा र पुजारीहरुले हिलो खेल्ने गरेको हेर्न टाढाका गाउँहरुबाट मानिसहरु कोट सेरामा मेला भर्न आउने गर्छन् ।जातीय विभेद विरुद्धको अभियानमा लागेका बमबहादुर सार्कीले पुजारीहरुले अझैपनि जातीय विभेद गरेर दलितको काँधमा चढेर हेपाहा प्रवृति देखाउने गरेकोमा अहिले यो प्रथाको अन्त्य गरिएको बताउनुभयो । अरु जातलाई काँधमा नचढ्ने दलितलाई मात्र काँध चढ्ने परम्पराको अन्त्य हुनुपर्ने थियो भयो ।पुजारी देविकृष्ण उपाध्यायले दलित अभियान्ताहरुले उठाएको माग समयसापेक्ष भएपनि परापूर्वकालदेखि चलिआएको चलन रितिरिवाज पनि समाजको मुल कानुन हुने बताउनुभयो ।उपाध्यायले भने परम्परालाई जीवन्तता दिन र संस्कृतिलाई बचाइ राख्न पुजारीहरुले नै पुजारी लगायतका मन्दिरका पुरोहितलाई खेतको बीच भागमा कपडाको पुतलीरुपी झण्डा रोप्नको लागि काँधमा चढ्ने र हिलो छयाप्ने कामलाई निरन्तरता दिइएको छ ।भगवतीको कोटसेरामा ९ हल गोरु, ३२ रोपाहारा ३ जना विगारे –माटो सम्म्याउने) र २ जना कुनाकाप्चे गरेर ४१ जनशक्ति प्रयोग हुने गरेको र रोपाई मेलाको दिनमा सेरा ज्युलोबाट उब्जेको धानको खाना प्रत्येक घरधुरीलाई पुरी र सेलरोटी हलुवा प्रसादको रुपमा बाँड्ने चलन रहेको अर्का पुजारी लक्ष्मीप्रसाद उपाध्यायले बताउनुभयो । त्रिपुराकोटको टाँके डाँडामा अवस्थित श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिर वि. सं १११४ सालामा स्थापना भइसकेपछि विसं १८७१ का पुजारीको नाममा प्राप्त लालमोहरमा उल्लेखित ८ मुरीको कोटसेरा, २० मुरीको गल्लीस्थित गुठी जगा गरेर २८ मुरी जग्गा गुठीको नाममा रहेको र १६ औं शताब्दी पुर्वदेखि मन्दिरका पुजारी उदयराम उपाध्यायाको पालाबाट कोटसेरामा धान रोपाई मेला लाग्ने गरेको ८५ वर्षीय रविप्रसाद न्यौपानेले बताउनुभयो ।यतिखेर भगवतीको कोट सेरामात्र नभई डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रमा पर्ने कोटज्युलोमा रोपाहाराहरुले खेतमा धान रोप्दै सुरिलो भाकामा गाइरहेको देख्न र सुन्न सकिन्छ ।काठमाडौं लगायतका सहरी जिल्लामा असार पन्ध्रदेखि धान रोपाई हुने भएपनि विकट हिमाली जिल्ला डोल्पामा प्रत्येक वर्ष जेठ १ गतेबाट सर्वसाधारणको रोपाई सुरु भई जेठ १९ गते भगवतीको मन्दिर गुठी जग्गामा धान रोपाई गरेसँगै धान रोपाई मेला सम्पन्न हुनेगर्छ । मानो रोपेर मुरी फलाउने पर्वको रुपमा समेत धान रोपाईलाई लिने गरिन्छ । यत्तिखेर डोल्पाका त्रिपुराकोट, लिकु, खदाङ्ग, मोतिपुर र दुनै लगायतका गाउँहरुमा किसानहरुलाई धान रोपाईको चटाराले अन्तिम विट मार्न थालेको छ ।आद्यशक्ति श्रीवाला त्रिपुरासुन्दरी भगवतीको गुठी जग्गा कोटसेरामा हुने धान रोपाई मेलामा सहभागी भएपछि गाउँमा सिद्दि हुने बालीनाली सप्रने र समयमा वर्षात भई उब्जनी राम्रो हुने जनविश्वास छ ।रोपाईको दिनमा दहि चिउरा मासु तथा सेलरोटी पकाएर रोपाहारा हली कुनाकाप्चे र विगारेलाई खुवाउने र गीत चुट्किला एवं मागल गाएर रमाइलो गर्ने प्रचलन रहिआएको छ । आफ्नो उत्पादनले वर्षमा तीन महिना पनि भरपुर खान नपुग्ने डोल्पामा पाहुनालाई सत्कार गर्न, गाउँको परिचय दिन, कुलदेवतालाई अक्षताको रुपमा चढाउन र इष्टमित्रलाई कोसेली दिनको लागि भएपनि धान रोपाई नगरि नहुने त्रिपुरासुन्दरी नगरपालिका १ का निर्मलप्रसाद उपाध्यायले बताउनुभयो ।डोल्पाको सबैभन्दा बढी धान रोपाई त्रिपुरासुन्दरी नगरपालिका १ कोट गाउँमा गरिन्छ । धान रोपाई खर्च धेरै उब्जनी कम भएपनि परम्परा धान्न र पहिचान दिनको लागि कालिकोटे कालो, रातो र मार्सी धानको रोपाई गर्ने प्रचलन डोल्पामा छ ।
वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ ।
भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो ।
अत्यधिक गर्मीका कारण रुपन्देहीको जनजीवन प्रभावित बनेको छ । भैरहवा क्षेत्रमा तापक्रम लगातार बढ्दै जाँदा हिँडडुल गर्न समस्या भएको स्थानीयको भनाइ छ । तातो हावा र चर्को घामले घरबाहिर हिँडडुल गर्न समस्या भएको हो ।
विश्वका विभिन्न राष्ट्रबाट भ्रमणका लागि आउने पर्यटक अधिकांश हिमाली जिल्ला मनाङ आउने गरेका छन् । विशेष गरी यहाँको सुन्दरता, परम्परागत संस्कार, संस्कृति अवलोकन गर्न तथा यहाँ रमाउन पर्यटक आउने गर्दछन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज (शुक्रबार) तीन जनाको बयान जिल्ला अदालत काठमाडौंमा सुरु भएको छ ।
कर्णाली कोरिडोरको बाजुराको पिलीदेखि हुम्लाको पैमासम्मको सडकमा पर्ने खेलामा पुल निर्माण नहुँदा यातायातका साधन तथा यात्रुलाई सास्ती भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरूलाई कारबाही गरिने बताउनुभएको छ ।