कविताको जन्म हुन कुनै निश्चित समय वा स्थान तोकिएको हुन्न । नेपाली साहित्यको परिवेशमा भन्नुपर्दा, केन्द्रीकृत साहित्यको तामझामले साहित्यमाथिको भ्रम सिर्जना गरिरहेको स्थिति छ । अर्थात् केन्द्रलाई हेरेर साहित्यसँग सम्बन्धित यस्तो अन्योलमा छन् कि नेपाली साहित्यको खानी भनेको केवल राजधानी हो, जे–जति राम्रा साहित्य छन् ती सबै नै केन्द्रबाट उत्पादन भएका हुन् तर यो कदापि सत्य होइन भन्ने तथ्य हिजोआज बाहिरी जिल्लाबाट हुने साहित्य–उत्पादनले पुष्टि
बा ! आफैँमा एउटा गर्बिलो नाम हो । बा हुनु, बाको छहारीमा जिउनुको मज्जा नै बेग्लै हुन्छ । बा परिवारका आकाश हुन्, बाको उपस्थितिमा छोराछोरीहरू कहिल्यै ठुलो हुँदैनन् । जब बाको छहारी रहन्न, त्यसपछि उहाँको अभाव महसुस हुन्छ । बा ईश्वरीय अवतार हुन् । भनिन्छ, आमा धर्ती हुन्, बा आकाश । आकाश हामी निलै देख्छौँ, हामीलाई चाहिएको बेलामा कहिले पानी पार्छ, कहिले घाम, कहिले झलमल तारा, त कहिले जूनको शीतलता । बालाई मैले पनि देखेको रूप यही हो ।
जीवन सहयात्रा हो । जीवन रथका दुई पाङ्ग्राका रूपमा पतिपत्नीको सम्बन्ध रहेको हुन्छ । वृद्धावस्थामा त झन् आफ्नी सहयात्री उर्फ जीवनसङ्गिनी गुमाउँदाको पीडा सामान्य हुँदैन । यही पीडालाई भुलाउन पत्नीको स्मृतिमा साहित्य सिर्जनादेखि विभिन्न कार्य गरिएका हुन्छन् । यस्ता कर्मको चर्चा नगन्य मात्रामा पाइन्छ । विह्वल बनेका प्रेमीका कथा भने धेरै पढ्न पाउँछौँ ।
विश्वको सर्वोच्च युद्धपदक भिक्टोरिया क्रस पाउने एक मात्र जीवित योद्धा रामबहादुर लिम्बू अब इतिहास हुनुभयो । ८८ वर्षको उमेरमा २०८० वैशाख ९ गते उहाँले भौतिक शरीर त्याग्नुभयो । उहाँको मृत्युसँगै नेपालको भिक्टोरिया क्रस विजेता योद्धाको अध्याय समाप्त हुन पुगेको छ । उहाँलाई ब्रुनाईको युद्धमा छापामारहरूसँग लडेर पराक्रम देखाएबापत भिक्टोरिया क्रस प्रदान गरिएको थियो ।
सुरम्य चियाबारी, थुम्का थुम्का डाँडा, नागबेली सडक र बुकी फूल मगमगाउने फाँटले पूर्वी पहाडी जिल्ला इलामको ‘रिमिक्स’ परिचय दिन्छ । चार खोलाको बेँसी होस् या फुस्स फुस्स हिउँ झरिरहने सन्दकपुरको थुम्को नै किन नहोस्; इलाम आफैँमा स्वर्गभूमि हो । ‘ग्रिन कार्पेट’ बिछ्याए जस्तो हरिया चियाबारी इलामको शान मात्रै होइन, गौरव पनि हो । त्यसैले त इलाम नाम सुन्दा नै घुम्न निस्किहालौँ भन्ने हुटहुटी जोकोहीलाई भइहाल्छ । यहाँका स्थान पर्यटकका लागि ‘ड्रिम प्लेस’ नै हो भन्दा पनि फरक पर्दैन । मनमो
नागरिक अधिकारका दृष्टिले राणाकालीन समय इतिहासकै कालो युग थियो । त्यतिबेला जनताका छोराछोरी पढ्न लेख्नबाट वञ्चित थिए । जनताका छोराछोरी शिक्षित भएमा आफ्नो निरङ्कुश पारिवारिक शासन ढल्ने भय राणाहरूमा थियो । त्यसैले मुलुकभर सबैतिर स्कुल थिएनन् । कतिपय स्थानमा गुरुकुलमा आधारित संस्कृत पाठशाला थिए तर ती पाठशालामा सबैको पहुँच थिएन । राजधानीवासीकै छोरा–छोरी सबैले पढ्न पाए
संसारको दुई हजार वर्षदेखिको इतिहास र विकसित हुँदै आएको संस्कृति र सभ्यतामा चिनियाँ कन्फ्युसियसदेखि दक्षिण एसियाका चाणक्यसम्मका सिर्जना र कार्यहरू अध्ययन गर्दा कुनै पनि देशको राजनीतिमाथि विज्ञताको नियन्त्रण रहिआएको पाइएको छ । शिक्षा, विज्ञता वा ज्ञानको नियन्त्रण राजनीतिमाथि रहेको देश र त्यहाँका जनता
पुतलीले वातावरणीय काम पनि गर्छ । धेरैलाई थाहा नभए पनि अप्रत्यक्ष रूपमा यसले उत्पादन बढाउन सहयोग गर्छ । अन्नबाली, तेलहन र फलफूलमा पराग सेचन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । फूलमा रस चुस्दाचुस्दै
सरकारले गत सोमबार आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ । बजेटमा सेयर बजारले अपेक्षा गरेअनुकूलको बजारमैत्री नीति नपरेपछि बजेट सार्वजनिक भएको भोलिपल्ट (मङ्गलबार) भएको कारोबारमा नेप्सेमा एकाएक ५३.१६ अङ्कको गिरावट आयो । बुधबार भने ३८.८३ अङ्कको गिरावटले निरन्तरता पायो । साताको अन्तिम दिन बिहीबार भने बजारको गिरावट थामिएर १६.५४ अङ्कको बढोत्तरीसहित नेप्से एक हजार ८६६.६४ को बिन्दुमा झरेको छ । बजेटमा पुँजीगत लाभकर
जीवनको उत्तरार्ध सुरु भएसँगै आफ्ना कुरा ध्यान दिएर सुनिदिने मान्छे चाहिन्छ । सन्ततिहरू नजिक नभए पनि देशभित्रै केही गरेर खाऊन् तर विदेश जाँदै नजाऊन् भन्ने हरेक बाआमाको चाहना हुन्छ । केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कमा उल्लेख भएका ३० लाख हाराहारीमा रहेका ज्येष्ठ नागरिकको चाहनाविपरीत हुने
जनसङ्ख्या, आकार, विज्ञान प्रविधिको पहुँच, भौतिक विकास, जनताको जीवनस्तर र आयजस्ता सूचकाङ्कमा विश्वका अन्य धेरै देशको तुलनामा नेपालको स्थान अलि पछाडि छ । विश्वको मानचित्रमा करिब दुई सय स्वतन्त्र देश छन् । ती देशमध्ये नेपालले ओगट्ने भनेको विश्वको कुल भूभागको ०.१ प्रतिशत मात्र हो । नेपाल कतिपय प्राकृतिक स्रोत र सांस्कृतिक सम्पदामा भने धेरै अगाडि छ । यति सानो भूभाग ओगटेको नेपाल जैविक विविधताको सम्पन्नतामा विश्वकै २५ औँ स्थानमा छ ।
सङ्घीय सरकारले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रतिष्ठानका रूपमा सञ्चालन गर्ने निर्णयप्रति सुदूरपश्चिम प्रदेशवासीले आपत्ति जनाएका छन्। अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटालाई प्रतिष्ठान बनाउने निर्णय सुनाउनुभएको थियो। त्यसअघिको सरकारले विश्वविद्यालय बनाउने निर्णय गरिएको थियो।
दैलेखको दुल्लु भैरवी क्षेत्रका गुठी अन्तर्गत घर भएकाले राज्यबाट पाउने सुविधासमेत प्राप्त गर्न सकेका छैनन्। कर्णाली प्रदेशको भूमिसम्बन्धी समस्या र समाधानका विषयमा सरोकारवालाबिच आयोजित अन्तर्क्रियामा प्रतिनिधि सभा सदस्य सीताकुमारी रानाले गुठी समस्या सुल्झाउन आग्रह गर्नुभयो।