जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकाले विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको जनाएको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा डेरी उद्योग स्थापना भएपछि किसान तथा उपभोक्तालाई सहज भएको छ। मैवाखोला गाउँपालिकाको सहयोगमा गाउँमै डेरी उद्योग स्थापना भएपछि दुग्धजन्य वस्तु खरिद बिक्री तथा उपभोग गर्नका लागि सहज हुने भएको हो।
बाँकेका कथाकार डा. इन्द्रबहादुर भण्डारीद्वारा लिखित कथासङ्ग्रह ‘मयँगाँठो’ शनिबार नेपालगञ्जमा विमोचन गरिएको छ।
दोस्रो गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो (छेलो) प्रतियोगिताको उपाधि पर्वतले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद् आयोजना र जिल्ला खेलकुद विकास समितिको समन्वयमा शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रतियोगितामा पर्वतका किरण विक प्रथम, पर्वतकै राजेन्द्र हमाल द्वितीय र निशान बोहोरा तृतीय हुनुभएको हो ।
भ्रमण अन्यन्तै सौहार्दपूर्ण र उपलब्धिमूलक रह्यो । नयाँदिल्ली र मध्यप्रदेशमा अत्यन्त ठूलो सौहार्दता र स्वागत भयो ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ बनाउने आँट कसैले पनि गर्न नसकेको बताउनुभएको छ । अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपालः सुःखी नेपाली’ को नारा कसैले लगाउन नसकेको बताउनुभयो । पार्टीको विज्ञान तथा प्रविधि विभागले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठुलो नबन्ने बताउनुभएको छ । शनिबार कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले यस्तो बताउनुभएको हो ।
रैथाने बालीको संरक्षणका लागि कृषि ज्ञान केन्द्र गुल्मीले स्थानीय हंसराज धानको बीउ वितरण गरेको छ । ९० प्रतिशत अनुदानमा जिल्लाका कृषकलाई २४ सय ५० केजी हंसराज धानको बीउ वितरण गरेको हो ।
नेपाल भलिबल संघले असार ३ देखि १० गतेसम्म कीर्गिस्तानका आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष विमानमार्फत मध्यप्रदेशको इन्दौरबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नुभएको छ ।
मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको चौथो खेलमा नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल मलेसियासँग चार विकेटले पराजित भयो । नेपालको यस हारसँगै सिरिज २–२ को बराबरी अवस्थामा पुगेको छ ।
सोमाली सरकारको समर्थनमा संयुक्त राज्य अफ्रिका कमाण्ड (अफ्रिकम) ले गरेको हवाई आक्रमणमा दक्षिणी सोमालियामा अल–शबाबका तीन आतङ्ककारी मारिएको अमेरिकी सेनाले शुक्रबार जनाएको छ ।
भन्सार छलेर सदरमुकाम सिमकोटमा सामान ल्याउदैगरेको ट्याक्टर सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको छ ।
हेटौँडामा भएको खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । हेटौँडा –४, हुप्रचौरस्थित भलिबल कोर्टमा स्व. केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर भलिबल सङ्घको संयुक्त आयोजनामा भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा एपीएफले अर्को विभागीय टिम नेपाल आर्मीलाई पराजित गर्दै उपाधि जितेको हो ।
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार अन्तर्गत कालोपत्रे सुरु भएको छ । आयोजनाको पूर्वीखण्डको कालोपत्रे सुरु गरिएको हो । आँबुखैरेनी गाउँपालिका –१ सत्रसय क्षेत्रमा कालोपत्रको काम धमाधम भइरहेको छ ।