• २५ वैशाख २०८२, बिहिबार

काठमाडौंमा तीन दिन वर्षा नहुने, तराईमा तापक्रम निरन्तर बढ्दै

blog

काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्दै ।

काठमाडौं, जेठ २० गते । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकाले विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा आंशिक बदली रहेको छ । तराई क्षेत्रमा तापक्रम निरन्तर बढिरहेको छ ।

काठमाडौंमा अबको तीन दिनसम्म वर्षाको सम्भावना नरहेको मौसमविद् झाले बताउनुभयो । कर्णाली, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको छ ।

काठमाडौंमा शुक्रबार र आज (शनिबार) न्यूनतम तापक्रम १७ डिग्री र अधिकतम तापक्रम समान ३२ डिग्री सेल्सियस रहेको छ ।

विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण धनुषा, बारा, पर्सासहित तराई मधेशका जिल्लाको जनजीवन कष्टकर बनेको छ । तराई मधेशमा ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम वृद्धि भएको बताइएको छ ।

यो पनि पढ्नुहोस

तराईमा लू चल्न थाल्यो, पाँच दिन तापक्रम उच्च रहने