• १५ वैशाख २०८१, शनिबार

नेपाल चौथो खेलमा मलेसियासँग पराजित

blog

मलेसियाविरुद्धको चौथो खेलमा रन लिने प्रयास गर्दै नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, जेठ २० गते । मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको चौथो खेलमा नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल मलेसियासँग चार विकेटले पराजित भयो । नेपालको यस हारसँगै सिरिज २–२ को बराबरी अवस्थामा पुगेको छ । 

जितको लागि ९७ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । मलेसियाको जितमा ओपनर विनीफ्रेड आनी दुराईसिंघमले सर्वाधिक ३८ रन बनाउनुभयो ।


महिराह इजाती इस्मालीले १६, कप्तान मास एलिसाले १३ र अरियानाले १२ रनब नाउनुभयो । बलिङमा नेपालका कप्तान रुविना क्षेत्री, कविता कुँवर, कविता जोशी र सीता रानामगरले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धाीरत २० ओभरमा सात विकेटको क्षतिमा ९६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक ३२ रन बनाउनुभयो । विन्दु रावलले २४ र कविता कुवँरले अविजित १२ रन बनाउनुभयो ।

बलिङमा मलेसियाका विनिफ्रेड दुराईसिंघमले तीन विकेट लिनुभयो । एसा इलिसा र महिराह इज्जाती इस्माइलले एक एक विकेट झार्नुभयो । नेपाल यसअघि पहिलो खेलमा पाँच विकेटले पराजित भएको थियो ।

त्यसपछि नेपालले दोस्रो खेल पाँच विकेट र तेस्रो खेल २७ रनले जितेको थियो । अब नेपाल र मलेसियाबीचको पाँचौं तथा अन्तिम निर्णायक खेल आइतबार हुनेछ ।