जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ (पहिलो संशोधन) २०७५ संशोधनको माग गरिएको छ।
गायक सुजन शिवाकोटीले भुक्के चप्पल बोलको गीतको भिडियो बजारमा ल्याउनुभएको छ।
आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले बझाङको मष्टा गाउँपालिकाले उत्पादन गरिरहेको रैथाने अन्नको क्षेत्र विस्तार गर्ने कुरामा प्रदेश सरकार सकारात्मक रहेकोे बताउनुभएको छ । शुक्रबार धनगढीमा रैथाने बाली उत्पादनको व्यवसायीकरण प्रवद्र्धन विषयक उद्योगी व्यवसायी तथा अन्य सरोकारवालाबीच भएको अन्तरक्रियामा उहाँले उत्पादन बढाउन, सिँचाइ, उपकरण र खेतीपातीका लागि किसानलाई प्राविधिक सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।
शिक्षामा गुणस्तर सुधारका लागि उच्चपदस्थ व्यक्ति र राष्ट्रसेवक कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ।
नेकपा (एमाले) को सचिवालय बैठकले पार्टीका वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरेको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकमा सात उपाध्यक्षलाई ३२ वटा समूहमा विभागको समूह बनाइ कार्यविभाजनका लागि संयोजक तोकिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।
अत्याधिक गर्मीका कारण खोलामा पौडी खेल्न गएका झापा कनकाई नगरपालिका २ का २१ वर्षीय सलिम गुरागाईको शुक्रबार साँझ डुबेर मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले नक्कली कार्य अनुमतिको प्रलोभनमा नपर्न अनुरोध गरेको छ । दक्षिण अफ्रिकामा वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधासहितको पदमा काम लगाइदिने भनी नक्कली कार्य अनुमति (वर्क परमिट) देखाइ विभिन्न प्रलोभनमा पार्ने भन्दै त्यस्तो प्रलोभनमा नपर्न प्रशासन कार्यालय गुल्मीले अनुरोध गरेको हो ।
नर्वेजियन हिमाल आरोही क्रिस्टिन हरिला अन्नपूर्ण हिमाल आरोहणका लागि अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पुग्नुभएको छ । सन् २०१९ मा पुर्जाले कायम गरेको विश्व किर्तिमान तोड्न हरिला हिमाल यसपाली आरोहणका क्रममा हुनुहुन्छ ।
चालु आर्थिक वर्षको एघारौं महिना बितिरहँदा सप्तरीमा सवारी जरिवाना वापतको राजस्वमा वृद्धि भएको छ । जिल्लामा सवारी चेकजाँचमा खटिने ट्राफिक प्रहरीहरुले सडकमा चल्ने दुई पांग्रे सवारीदेखि अधिकांश सवारी साधनले ट्राफिक नियम उल्लंघन गर्नेगरेका छन् ।
धोबी समुदायहरुले आफ्नो पुर्ख्यौली पेशाबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । विदेशभन्दा बढी कमाई गरेर लहान –३ का शत्रुधन साफी लुगा धोई ईस्त्री (लोहा) लगाएर महिनाको ५० हजारभन्दा बढी कमाइ भइरहेको बताउनुभयो ।
लोकगायक प्रेमराजा महतको नयाँ गीत ‘घर हम्रा हुम्ला जुम्लामा’ सार्वजनिक भएको छ।
धिमाल जातीय विकास केन्द्र कानेपोखरी गाउँपालिकाले मोरङको कानेपोखरी –७ मा धिमाल सांस्कृतिक महोत्सव एवम् फुड फेष्टिवलको आयोजना गर्नेभएको छ । पालिका भित्रका ६ वटै गाउँटोलमा जातिरि र सिरिजात सम्पन्न भएपछि कानेपोखरीमा सांस्कृतिक महोत्सव आयोजना गरी यस वर्षको जातिरि पर्व समापन गर्न लागिएको हो । शुक्रबार पत्रकार सम्मेलन गरी फेष्टिवलका विषयमा जानकारी गराइएको हो ।
मध्य र पूर्वी तराईमा विषम खालको र पश्चिम तराईमा हल्का लू (तातो हावा) चल्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाले अधिकांश भूभागमा अधिकतमदेखि न्यूनतम तापक्रम वृद्धि हुँदा तातो हावा चल्ने जनाएको छ ।
भरतपुर महानगरपालिकाले आगामी आइतबार जेठ २१ गते देखि महानगरभित्रका विद्यालय ६ दिन बन्द गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्ति बदलिएमात्रै कांग्रेस बदलिने बताउनुभएको छ ।