• ११ वैशाख २०८१, मङ्गलबार

सुजन शिवाकोटीकोे ‘भुक्के चप्पल’ सार्वजनिक

blog

काठमाडौं, जेठ १९ गते। गायक सुजन शिवाकोटीले  भुक्के चप्पल बोलको गीतको भिडियो बजारमा ल्याउनुभएको छ।  गायककै शब्द तथा संगीत रहेको गीतमा  निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा  मास्टरिङ रहेको छ। गीतमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकार सुरवीर  पण्डित (दारीबा), शारदा गिरी (कालीबुढी), नवीना सिलवाल (खुईली)को अभिनय रहेको छ। 

भुक्के चप्पल गाउँले परिवेशको कथामा बनेको भिडियो हो। 

भिडियोको छायांकन बुद्ध थापाले गरेकागर्नुभएको हो। भिडियोको सम्पादन मिन रावलले गर्नुभएको हो। जसको कलरिङ पनि रावल स्वयमको रहेको छ। भिडियोको निर्देशन लेखराज तामाङले गर्नुभएको हो भने सह निर्देशन विकाश नेपालले गर्नुभएको छ।  शिवाकोटीले यसअघि हाम्रो जंगल नामक फिल्म, परिबन्ध, कान्छा २ , लगायतका सर्ट मूभी र म त परेँ नामक म्यूजिक भिडियोमा अभिनय गर्नुभएको छ।