सहिद स्मारक ‘ए’ डिभिजन लिगको २३औं चरणको खेल सकिँदा उपाधि होड र रेलिगेसन रोचक मोडमा पुगेको छ । लिगमा तीन चरणको खेल मात्र बाँकी रहँदा कुन टोलीले उपाधि चुम्ला भन्ने कौतुहलता बढेको छ ।
विशेषगरी गुुरुङ युवा समुुदायले गाउने सुुनिमाया भाका पछिल्लो समय लोप हुँदै गएको छ ।
डिभिजन वन कार्यालयको पञ्च वर्षीय योजनामा समावेश लक्ष्यभन्दा बढी गोलिया जिल्लाबाट निकासी भएको हो ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले १२ दिनको चीन भ्रमण फलदायी भएको बताउनुभयो।
वीरेन्द्रनगर नगरपालिका –९ का ५४ वर्षका यामराज मल्लको आधा जीवन हलि बसेर गयो । उहाँ १२ वर्षको उमेरदेखि आफन्तको घरमा हलि बस्नुभयो । उहाँ गाउँमा जोत्नमा सीपालु गनिनुहुन्थ्यो । घरको आर्थिक अवस्था कमजोर भएपछि सानै उमेरदेखि हलि बसेको मल्लले बताउनुभयो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई प्रभावकारी र सफल बनाउन अझै आत्मसमीक्षा गरेर अघि बढनुपर्ने बताउनुभएको छ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ड्रागन फ्रुट खेतीलाई व्यावसायिक बनाउँदैलगेको छ । किसानलाई ड्रागन फ्रुटतर्फ आकर्षित र प्रेरित गर्न आफैले खेती शुरु गरेको पालिकाले पछिल्लो समय किसानलाई पनि सहयोग गर्दैआएको छ ।
यहाँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेतीतर्फ लाग्नुभएको हो ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा पाँच वर्षपछि हुन लागेको संसारीमाई पञ्च वार्षिक महापूजाको कार्यक्रम सुरु भएको छ ।
बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता जेठ २० र २१ गते हुने भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले कांग्रेसले जनपक्षीय काम गरेर जनताको मन जित्दै आउँदो निर्वाचनमा पार्टीका उम्मेद्वारले जित्ने आधार तयार गर्नुपर्ने बताउनुभएको छ।
म्याग्दीको बेनी नगरपालिका ६ स्थित अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ ।
पाकिस्तानले आज (शुक्रबार) थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ । आजै तीन जना अन्य बन्दी पनि पाकिस्तानको जेलबाट मुक्त भएका छन् ।
चौथो राष्ट्रिय रिङ रेस्लिङ महाभिडन्त शनिबार हुने भएको छ ।
हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –१ स्थित भगवतीको कोटसेरामा विगतझै यो वर्ष पनि बाजागाजाका साथ धान रोपाई मेला सम्पन्न भएको छ । तराईमा पानी नपरेर गर्मी बढे पनि हिमाली जिल्लामा धान रोपाई मेला सकिएको छ ।