काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपाकिलाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताउनुभएको छ ।
आठ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएकी झापा बुद्धशान्ति –१ का २१ वर्षीया एलिसा अधिकारीको उपचारका क्रममा शनिवार मृत्यु भएको छ ।
नेपाल–भारत सम्बन्धलाई धेरै नै माथि लानुपर्छ भनेर भन्ने नै त्यसको अर्थ हो । यो दुई शब्दको प्रयोगबाट भारतीय प्रधानमन्त्री निकै विश्वासको साथमा अब नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा रहेको मैले ठानेको छु ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
पश्चिम नेपालको आर्थिक विकासका लागि अत्यधिक महत्त्वपूर्ण मानिएको नेपालगञ्ज सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि यस क्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका छन् ।
अत्यधिक गर्मी बढेसँगै कपिलवस्तुको जनजीवन प्रभावित भएको छ । त्यसको प्रत्यक्ष असर सबैभन्दा बढी विद्यालयमा परेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण दर घट्दै गएपछि स्वेच्छिक रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकास्थित लौकुन नभघाटमा जिपसहित सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्यका लागि शनिबार बिहानदेखि गोताखोर टोली परिचालन गरिएको छ ।
चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै हुनुहुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो ।
ओडिशामा दुई एक्सप्रेस ट्रेनहरू दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २३८ पुगेको छ । घटनास्थलमा हाल उद्धार कार्य जारी छ ।
कृषि तथा पशुपन्क्षी मन्त्री डा.बेदुराम भुसालले मुलुकमा आर्थिक समृद्धि हासिल गर्न कृषि क्षेत्रको विकास अपरिहार्य रहेकोले कृषि र पशुपालनलाई सँगसँगै जोडेर अगाडी लैजानुपर्ने बताउनु भएको छ ।
धर्मराज र सावित्रीको सुवर्णलता नाम गरेकी बच्ची थिई । जो अति नै जिद्दी थिई । उसले भनेको हुनु पर्दथ्यो । नभए उत्पात मच्चाउँथी । पछिल्लो समयमा उसलाई तारा हातमा लिने रहर जाग्यो । तारा हातमा लिन नपाए भातै नखाने भई सुवर्णलता । “मलाई तारा चाहियो बुबा ! तारा चाहियो, आमा !” सुवर्णलता घडघड गरिरहन्थी । त्यसो त बच्चाहरू जिद्दी स्वभावका हुन्छन् तर सुवर्णलता अलि बढी नै जिद्दी थिई । बाबु धर्मराजलाई फसाद प-यो । छोरीले भन्दैमा तारा टिपेर दिन कहाँ सम्भव थियो र ! “तारा भनेका भगवान् हुन् । भगवान् टिपेर दिन सकिने वस्तु होइनन्,” धर्मराज सम्झाउँथ्यो ।
गोरखापत्र प्रकाशन शैली, गोरखापत्र संस्थान समाचार नीति तथा प्रकाशन निर्देशिका, २०८० निर्देशिका र गोरखापत्र खोज ब्युरोको अवधारणा र कार्यविधि औपचारिक रूपमा व्यवस्थापनलाई हस्तान्तरण गरेको तेस्रो दिन २०८० वैशाख १० गते कार्यकक्षमा नै रहेको बेला बेतार फोन (मोबाइल)मा घण्टी बज्यो ।
ओ कवि ! ओ लेखक ! ओ मौन योद्धा ! कसरी भयो मृत्यु यो अपराध गर्न
थाहा छैन मलाई आफूभित्र कसको शत्रु पाल्दै छु ! फोहोर फाल्दै छु कि आफैँलाई खाडलमा हाल्दै छु !