शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ओ कवि !
ओ लेखक !
ओ मौन योद्धा !
कसरी भयो मृत्यु
यो अपराध गर्न
मन्जुर ?
मृत्युको गलत छाप
यस बेला
तिम्रो छातीमा लागेको छ
यस बेला मेरो भगवान्
भीख माग्न हिँडेको छ
तिम्रो नाम
देशको एउटा ज्यान
तिमी गएपछि
गएको छ
तिम्रो मृत्युमा
अब को साइन गर्छ
मृत्युले कसुर गरेको छ
तिमी जलेपछि
को को जलेको छ थाहा छैन
तर मेरो आँखामा आगो बलेको छ ।