• ११ पुस २०८१, बिहिबार

खोलामा पुल निर्माण नहुँदा यात्रुलाई सास्ती

blog

बाजुुराको पिलीमा पुल निर्माण नहुँदा यात्रुलाई सास्ती । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, जेठ १९ गते । कर्णाली कोरिडोरको बाजुराको पिलीदेखि हुम्लाको पैमासम्मको सडकमा पर्ने खेलामा पुल निर्माण नहुँदा यातायातका साधन तथा यात्रुलाई सास्ती भएको छ । सो क्षेत्रमा पर्ने साना ठुला खोलामा पुल निर्माण कार्य नभएका कारण यात्रुलाई सास्ती भएको हो ।  

सुर्खेतबाट हुम्लाको सलीसल्लासम्म बोलेरो जिप चलाउँदै आउनुभएका चालक उपेन्द्र जैसीले बाजुराको पिली खोलामा पुल निर्माण नभएका कारण खोलामा गाडी गुडाउन समस्या भइरहेको बताउनुभयो । कर्णाली कोरिडोरको मुख्य सडकमै पर्ने सो खोलामा पुल निर्माणको काम भएको छैन । सो खोलामा पुल बनाउने तयारी समेत नभएको स्थानीयको भनाइ छ । 

अहिले पनि साना गाडीहरूलाई पिली खोलामा यात्रा गर्न कठिन भएको भए पनि जेनतेन तर्ने गरिएको चालक जैसीले बताउनुभयो । पिली खोलाको पानी बढेका कारण जिपभित्र पानी पसेको बताउँदै उहाँले खोलामा समस्या जारी रहेको बताउनुभयो । जिपमा पानी पस्नेभएर यात्रुलाई खोला वारी झारेर खोलामा यात्रा गर्ने गरिएको उहाँले बताउनुभयो । 

बर्खायाममा भने ठुला लोड गाडी र बस मात्र सो खोलामा सञ्चालन हुनेगरेका छन् । अन्य सबैखाले साना गाडीहरू बन्द हुन्छन् । हुम्लाको ताँजाकोट गाउँपालिका –५ को पैमा खोलामा पनि पुल नहुँदा यात्रुलाई समस्या हुनेगरेको छ । पिलुभन्दा पैमा खोला सानो भए पनि बर्खायाममा खोला बढेर यातायात सेवा अवरुद्ध हुनेगरेको स्थानीयको भनाइ छ । कर्णाली कोरिडोरमा पर्ने उक्त खोला हिल्सा सिमकोट सडक आयोजनाले हेर्ने भए पनि पुल निर्माण हुन सकेको छैन ।