न्यायिक प्रक्रियामा भएको गल्ती कमजोरी सच्याउन राष्ट्रको सर्वोच्च नेताको स्वविवेकमा प्रयोग हुने माफीको अधिकार सर्वस्वीकार्य संवैधानिक पद्धति हो। न्यायाधीशहरू पनि मानवीय इच्छा, आकाङ्क्षा तथा सांसारिक क्रियाकलापबाट प्रभावित हुने हुँदा निजहरूबाट गरिएको न्याय प्रशासनमा पूर्ण र त्रुटिरहित हुन सक्दैन। त्यसकारण संसारका सबैजसो संविधानमा राष्ट्राध्यक्षलाई माफी गर्न सक्ने न्यायिक शक्ति प्रदान गरिएको हुन्छ। कानुनबमोजिमको शासन कानुनको शासनबाट प्रसिद्ध छ र आधुनिक प्रजातन्त्रको विकासमा कानुनको शासनको ठुलो महत्व छ तर पनि कानुनको कठोर शासनबाट कहिलेकाहीँ ठुलो अनर्थ भएको हुन सक्छ। क
मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ ।
पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् ।
प्रजातान्त्रिक विचार समाजले प्रजातन्त्रको पक्षमा आवाज बुलन्द गरिरहेको छ। समाज मानव अधिकार, कानुनी राज्य, बहुलवादमा आधारित संसदीय शासन प्रणालीको संस्थागत विकास र सुदृढीकरणमा क्रियाशील, प्रजातन्त्रप्रति आस्था राख्ने विभिन्न पेसा, व्यवसायमा आबद्ध व्यक्तिहरूको साझा मञ्च हो। समाजको हालै सम्पन्न १२ औँ राष्ट्रिय महाधिवेशनले समाजका तर्फबाट उठाउनुपर्ने विभिन्न दस बुँदे प्रस्ताव पारित गरेको छ। समाजले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, परराष्ट्रलगायतका समसामयिक विषयवस्तुमा छलफल र बहसका लागि अवधारणापत्रसमेत तय गरेको छ।
भ्रष्टाचार सुशासनको बाधक हो। भ्रष्टाचार भन्नाले सार्वजनिक स्रोत, साधन र अख्तियार व्यक्तिगत हितका लागि उपयोग गर्नु भ्रष्टाचार हो। नेपालमा विगतमा भन्दा दोस्रो जनआन्दोलनपछि भ्रष्टाचार निकै बढेको जनगुनासो छ। राज्यमा जति भ्रष्टाचार बढ्छ, त्यतिकै मात्रामा राजनीतिक क्षेत्र र विकासका कामका लागि अवरुद्ध भइरहेको हुन्छ। जनमानसमा राज्यप्रतिको बफादारीमा असर पु-याउँछ। नागरिकमा नैतिकता ह्रास आई देशको अर्थतन्त्र मजबुत हुनमा बाधा पुग्छ । यसको
नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत लिएको छ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशतको मुद्रास्फीति दरको वाञ्छित सीमा हासिल गर्न सकिने सम्भावना कम भएको धारणा व्यक्त गरेको छ । आगामी आर्थिक वर्षको बजेटले दीर्घकालीन लगानीको सम्भावनालाई बढाए पनि अहिलेको मन्दी हटाउन प्रयास अपर्याप्त भएको बताएको छ ।
डडेलधुराको जीवन रेखा मानिने महाभारत वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। डडेलधुरा–कैलाली जोड्ने भीमदत्त पन्त राजमार्ग छेउछाउसँगै जङ्गल क्षेत्रमा अव्यवस्थित बसोबास गर्नेको सङ्ख्या बर्सेनि बढ्दो छ । वन जङ्गल अतिक्रमण गरी बसोबास गर्नेको सङ्ख्या बर्सेनि बढ्दा महाभारत वनको घनाजङ्गल क्षेत्र मासिँदै गएको छ। यहाँको कुल वन क्षेत्र एक लाख १५ हजार १६९ हेक्टर रहेको छ। सोमध्ये महाभारत पर्वतको वन जङ्गलले ५३ हजार हेक्टर क्षेत्रफल ओगटेको छ।
सुदूरपश्चिम प्रदेशको चर्चित धार्मिक, आध्यात्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा तीनदिने आध्यात्मिक सम्मेलनको तयारी पूरा भएको छ। मङ्गलबार बिहानबाट सो सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार बिहान खप्तड आउने कार्यक्रम रहेको छ। सो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्वप्रधानमन्त्री, लोकप्रिय योगगुरु बाबा रामदेव र पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णलगायतको उपस्थिति हुने बताइएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्य
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ देखि बाँझो जमिन उपयोगमा ल्याउने भएको छ । बाँझो जमिन उपयोगका लागि कृषि मन्त्रालयले अध्ययन गराएको छ । मन्त्रालयका सहसचिव डा राजेन्द्र मिश्रको संयोजकत्वमा गठन भएको कार्यदलले अध्ययन गरी कृषिमन्त्री डा वेदुराम भुसाललाई बुझाएको प्रतिवेदनका आधारमा आगामी आर्थिक वर्षदेखि बाँझो जमिन उपयोगमा ल्याउने भएको छ ।
राष्ट्रिय सडक सञ्जाल नजोडिएको माथिल्लो हुम्ला आउजाउ गर्न कर्णाली नदीमा पैदल यात्रुले तुइनकै भर पर्दै आएका छन्। सर्केगार्ड गाउँपालिका–२ को लेप्चेमा तुइनमा कर्णाली तर्दै गरेका युकेश बोहराले तुइनमा चढ्नु बाध्यता भएको बताउनुभयो। सर्केगार्डबाट सिमकोटतर्फ आउँदै गरेका बोहराका अनुसार स्याल्तडीको झोलुङ्गे पुल तर्दा डेढ घण्टाको बाटो थप हिँड्नुपर्ने हुन्छ। त्यसैले ल्याप्चेमा तुइन तरेर आउजाउ गर्नुपर्ने अवस्था छ। कर्णाली कोरिडोर निर्माण गरिरहेको नेपाली सेनाले ल्याप्चेमा तुइन निर्माण गरेको छ। यसअघि सो स्थानमा स्थानीयले निर्माण गरेको तुइन थियो। अहिले सेनाले आफू पनि नदी वारपार गर्नका लागि निर्माण गरेको तुइन भने सुरक्षित रहेको बताइन्छ।
तनहुँको सदरमुकाम दमौलीमा उपभोक्तालाई खसीको भन्दै बाख्रीका मासु बेच्ने दुई भारतीय व्यापारी पक्राउ परेका छन् ।
स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले एक वर्षको अवधि पूरा गरेका छन्। यो अवधि जनप्रतिनिधिका लागि सिक्ने र बुझ्ने अवसर भयो तर यसै अवधिमा धेरै कामको सुरुवात पनि भएको छ। सिमकोट गाउँपालिकाको विकास चुनौती, सम्भावना र लक्ष्यबारे गाउँपालिकाका अध्यक्ष विजय भण्डारीसँग गोरखापत्रका राजन रावतले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
पर्वतारोहणमा बर्सेनि नयाँ नयाँ विश्व कीर्तिमान बन्ने गरेका छन् । यस वर्ष मात्र दर्जन बढी नयाँ कीर्तिमान बनेका छन् । यी मध्येमा एक हो आठ दिनमा दुई पटक सगरमाथाको सफल आरोहण ।
घुर्मी चतरा कोशी कोरिडोर अन्तर्गत उदयपुरको कटारी नगरपालिका वडा नं.–१० स्थित राम्चे बेँसीगाउँदेखि भालुखोला चिपटारसम्म मोटरेबल सडकको नयाँ ट्र्याक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकास कार्यालय उदयपुरको एक करोड ७२ लाख रुपियाँको लागतमा बेँसीगाउँ भालुखोला सडकको ट्र्याक निर्माण कार्य अन्तिम चरणमा पुगेको र आउँदो असार २० गतेभित्र निर्माण कम्पनीले सो खण्डमा करिब सात किलोमिटर नयाँ ट्र्याक खोल्ने काम सम्पन्न गर्ने गरी काम गरिरहेको पूर्वाधार विकास कार्यालय गाईघाटले जनाएको छ।