मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ अन्तर्गत पर्ने पालिकाहरूका सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत लाभग्राहीहरू छनौट गरिएको छ ।
हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका –६ पाखापानीको कालावाङकी एक महिलालाई बाढीले बगाउँदा उहाँको मृत्यु भएको छ ।
इलामको सूर्योदय नगरपालिका –८ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिएको छ ।
नेपाली सेनाले २०७९ चैत १४ गतेदेखि सुरु गरेको सफा हिमाल अभियान-२०२३ सम्पन्न भएको छ । सेनाले अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालको सफाई कार्य सम्पन्न गरेको हो ।
म्याग्दीको सदरमुकाम बेनीबाट पोखराका लागि जाँदैगरेको बस पर्वतको कुस्मामा दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
धनकुटामा स्थानीय स्तरमा उत्पादित माछाको बजारमा प्रशस्त माग छ । खोलाको बगर आसपास अन्य बाली नलाग्ने ठाउँमा पोखरी बनाएर माछापालन गरिएको छ ।
चार दिनअघि सुनकोसी नदीमा जिप खस्दा बेपत्ता भएका सीटीइभीटीका तीन कर्मचारीको खोजबिनको लागि सुनकोसी नदीको बहावलाई घटाउन मेसिन लगाएर अर्कोतर्फ पानी कटाउन थालिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापित युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा. जयराज आचार्यलाई प्रदान गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडकपेटीमा फोहोर फाल्ने दुई जनालाई पाँच–पाँच हजार रुपियाँका दरले जरिवाना गरेको छ ।
वरिष्ठ नेपाली हास्य कलाकार मदनकृष्ण श्रेष्ठको मोतीविन्दुको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा कलाकार श्रेष्ठको दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो ।
कैलालीको सुर्मीनाला–बढैपुर सडकमा गरिएको कालोपत्रे गुणस्तरहीन रहेको स्थानीयले आरोप लगाएका छन् । हालै गरिएको कालोपत्रे पाँच दिनभित्रै उप्किन थालेपछि स्थानीयले गुणस्तरहीन काम भएको बताएका हुन् ।
राष्ट्रिय सभाले संविधान सभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
बाँकेको जानकी गाउँपालिका –३ इन्द्रपुरमा रहेको मिडलाज ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी रिहान मियालाई एक वर्ष अघिसम्म उत्पादित प्लाइउड विक्री नभएर दैनिक हैरानी थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमन्त्री मीना पाण्डेको परिवारजनलाई समवेदना पठाउनुभएको छ । पाण्डेको ७२ वर्षको उमेरका जेठ १३ गते निधन भएको थियो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन केन्द्रीय प्रचारप्रसार उपसमिति गठन भएको छ ।