• १३ साउन २०८१, आइतबार

पोखरा जाँदै गरेको बस कुस्मामा दुर्घटना, १८ जना घाइते

blog

कुस्मामा दुर्घटनामा परेको बस । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, जेठ २२ गते । म्याग्दीको सदरमुकाम बेनीबाट पोखराका लागि जाँदैगरेको बस पर्वतको कुस्मामा दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो बेनीको कालीपुल बसपार्कबाट यात्रु लिएर छुटेको ना ५ ख ३९९३ नम्बरको बस जिल्ला प्रहरी कार्यालय कुस्मानजिक दुर्घटनामा परेको हो ।

दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासीले उद्धार गरेर घाइतेलाई पर्वत अस्पताल लगिएको छ । बसमा २३ जना सवार रहेकोमा १८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरीक्षक रविन पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये १४ जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ भने अन्य चार जना घाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।