• १४ वैशाख २०८१, शुक्रबार

ब्राउन सुगरसहित तीन पक्राउ

blog

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), जेठ २२ गते । इलामको सूर्योदय नगरपालिका –८ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिएको छ । मेची राजमार्गको इलामको सूर्योदय नगरपालिका –८ को छिपिटारबाट १९ ग्राम ब्राउन सुगर र एक थान मोटर साइकलसहित तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा इलाम नगरपालिका –९ गोलबस्ती बस्ने २७ वर्षका रोशन खवास, फाकफोकथुम गाउँपालिका –१ बस्ने २५ वर्षका विमल लिम्बू र सन्दकपुर गाउँपालिका –४ माबु बस्ने २७ वर्षीय निशान गुरुङ रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । 

पक्राउ पर्नेको साथबाट प्र.–१–०२–०४१ प ३४१७ नम्बरको बुलेट बाइक र १९ ग्राम अर्थात् ३३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । झापाबाट इलाम आउँदै गरेको अवस्थामा उनीहरूको खानतलासी गर्दा सो सामग्री पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ पर्नेको साथबाट प्रतिबन्धित नित्राजेपम १० एमजीका २६ वटा क्याप्सुल, नभ्यकट चुरोटको छ वटा बट्टा, लाइटर, तीन थान मोबाइललगायतका सामग्री समेत पक्राउ गरिएको प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।