च्यातिएको त्रिपालमुनि हुलाकी सडकमा बसाइँ । पानी पर्दा चुहिन्थ्यो, घाम लाग्दा पनि सकस । वर्षाभरि यसरी हुलाकी राजमार्गमा जीवन गुजार्दा भोगेको दुःखको पहाड भजनी नगरपालिका –५ पुलियापुरकी कोपिला टमटाले अझै बिर्सन सक्नुभएको छैन ।
राष्ट्रिय सभाको आज १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश दिउँसो ३ बजे बस्ने भएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा ध्यानाकर्षण गराएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटीका सचिव नारायणप्रसाद भण्डारीसहित ७४ जनाले सामूहिक राजीनामा दिएका छन् । सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।
प्रतिनिधि सभाको रेकर्डबाट प्रधानमन्त्री भारत भ्रमणबाट भैँसी चढेर आउनु परेको भन्ने शब्द हटाइएको छ । बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उक्त शब्द हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ नाराका साथ धनकुटामा वृक्षारोपण गरी विश्व वातावरण दिवस २०८० मनाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि १० प्रतिशत शैय्या निःशुल्क नगर्ने अस्पताललाई कारबाही गर्ने बताउनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्रको बृहत्तर हितलाई केन्द्र विन्दुमा राखेर नेपाली नागरिकले सहज ढङ्गले नागरिकता पाउन र अनागरिकले नागरिकता प्राप्त नगरुन् भन्ने सैद्धान्तिक विषयमा सबैको एकमत भएको बताउनुभएको छ ।
सर्लाहीको बरहथवामा सोमबार मध्याह्न पिकअप भ्यान दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
प्रादेशिक अस्पताल गौरमा भेन्टिलेटर सहितको आइसियुसेवा सुचारु भएपछि बिरामीको स्वास्थ्य उपचारमा सहज भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव भारतसँग नराखेको बताउनुभएको छ ।
जेठ महिनाको प्रचण्ड घाम । कपिलवस्तुको जगदीशपुर जलाशयमा पानीको सतह कम हुँदै गएको छ ।
नेपाल प्रहरीले ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलका कारण प्याराग्लाइडिङ सुस्त बनिरहँदा पुतलीबजार नगरपालिका -१४ सतौकोटमा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ ।
यस वर्ष देशभर झण्डै छ सय झोलुङ्गे पुल निर्माण गरिने भएको छ । एक दिनमा दुई झोलुङ्गे पुल बनाउने योजनाअनुसार सात सय ३० पुल निर्माण गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण त्योभन्दा केही कम सङ्ख्यामा सम्पन्न हुन लागेको हो ।