नेपाल रिङ रेस्लिङ सङ्घ र नेपाल नेशनल हस्पिटलले खेलाडीको उपचार सम्बन्धी सम्झौता गरेका छन् । मंगलबार नेपाल नेशनल हस्पिटलमा आयोजित मिट एण्ड ग्रीट कार्यक्रममा सङ्घका महासचिव सुवर्णा श्रेष्ठ र हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान र सङ्घीयताको कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनुपर्ने बताउनुभएको छ ।
नेटो महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनको मुख्य बाँधको “अपमानजनक” उल्लङ्घन (आक्रमण) भएकामा निन्दा गर्नुभएको छ ।
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन नेपालका नम्बर एक एमेच्योर सुवास तामाङले अग्रता लिनुभएको छ ।
रुपन्देहीको देवदहमा पहिलो पटक ‘मिडिया फेस्टिभल’ हुने भएको छ । बुधबार (जेठ २४ गते) भोलिदेखि २६ गतेसम्म देवदह प्रेस क्लबले पहिलो पटक मिडिया फेस्टिभल गर्न लागेको हो ।
पनौतीस्थित भालेश्वर माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र केसीलाई चार घण्टा एकै ठाउँमा बसेर पढ्नु हिँडुवालाई थुनेर सजाय दिएजस्तो लाग्छ ।
काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको विवरण नबुझाएको ३४२ वटा निजी विद्यालयको नाम मङ्गलबार प्रकाशित गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले पहिलो पटक विद्युतीय सवारी साधनमा कर लगाएको छ । प्रदेश सरकारले आर्थिक ऐन २०७९ लाई संशोधन गरेर विद्युतबाट चल्ने सवारी साधनमा कर लगाएको हो ।
नेकपा (माओवादी केन्द्र) ले कोशीमा प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले तातो हावा अर्थात् ‘लू’ बाट बच्ने उपाय अपनाउन अनुरोध गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताउनुभएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको खोक्लिङमा खानेपानी योजना कार्यान्वयन गर्न भर्खरै मात्र योजनाको सम्झौता गरिएको छ । मिक्वाखोला गाउँपालिका–१ खोक्लिङस्थित थुम्माखोला–रोटिपोले वृहत् खानेपानी आयोजनाको सम्झौता गरिएको हो ।
सुनकोसी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरूको अझै खोजी भइरहेको छ ।
अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मङ्गलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।
नेपाल टेलिकमले यही जेठ २२ गते एक अनलाइन न्यूज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति खण्डन गरेको छ ।