शिक्षकको तलबका लागि भिरमौरी सहयोगी भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुइने मङ्गलेमा भिरमह बेचेर प्राप्त भएको आम्दानीले विद्यालयका शिक्षकलाई तलब दिने गरिएको छ । वडा कार्यालयले भिरमहको सिकार गर्न ठेक्का लगाउँछ । यस वर्ष भिरमहको सिकार गर्न गाउँका तीन जनाले वडाभरको भिरमा रहेका माहुरीको घारबाट मह सङ्कलन गर्ने ठेक्का पाएका छन् । भिरमह ठेक्का लगाएर प्राप्त भएको आम्दानी स्थानीय एक विद्यालयमा कार्यरत शिक्षकहरूको तलबमा खर्चिने गरिएको छ ।
रुकुम पश्चिममा मंगलबार दिउँसो भेटिएका बम नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने त्रिसिङमा फेला परेका बम रुकुम पश्चिममा रहेको नेपाली सेनाको चण्डिदल गण सल्लेको टोलीले डिस्फोज गरेको हो ।
मंगलबार भएको खेलमा नेपाल घरेल टोली म्यानमारसँग ५–० गोलले पराजित भएको हो । पहिलो हाफमा दुई गोल गरेको म्यानमारले दोस्रो हाफमा तीन गोल थपेको थियो ।
नेपाली मिडियामा ६ प्रतिशत मात्र बालबालिकासम्बन्धी समाचारजन्य विषयवस्तु समेटिनेगरेको एक अध्ययनले देखाएको छ ।
दक्षिणी झापाको कचनकवल गाउँपालिकामा आयोजित झापा जिल्ला पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले जितेको छ ।
सुनकोसी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) दुई कर्मचारीको शव गाडीभित्रै भेटिएको छ ।
महिलाको सहभागिता स्वीकार गरिए पनि नेतृत्व स्वीकार्न अझै नसकिएको महिला अगुवाहरुको गुनासो छ । महिला जनप्रतिनिधिहरुको समाचारले पनि सञ्चारमाधयममा स्थान नपाएको उहाँहरुको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खप्तडलाई सुदूरपश्चिमका लागि मात्र नभई देशकै पर्यावरणमैत्री, पर्यटकीय आध्यात्मिक केन्द्रको रुपमा विकास गर्ने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै खप्तड विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक भएको चर्चा गर्नुभयो ।
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष सब्दुल मियाँ ५० हजार रुपियाँ घुससहित नियन्त्रणमा परेका छन् ।
छायाँनाथ रारा नगरपालिका, मुगुका तत्कालीन नगर प्रमुख हरिजङ्ग शाहीसहित नौ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोप लागेको छ ।
मधेश प्रदेश सभाको मंगलबार बसेको बैठकमा प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८०–८१का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटन पूर्वाधारका कार्यक्रम प्राथमिकतामा परेका छन् ।
काठमाडौं महानगरपालिकाले अन्तर्गतका दुई सय आठ विद्यालयले छात्रवृत्ति वितरणको विवरण बुझाएको जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका –११ मोतीपुरका किसानले लगाएको बन्दागोभी बिक्री नभएपछि गाईवस्तु चराउन थालेका छन् । वडा नम्बर ११ मोतीपुरका किसानले करिब सात बिघा क्षेत्रफलमा बन्दगोभीको खेती गरेका छन् । बन्दागोभी बिक्री नभएपछि किसानले गाईवस्तु चराउन थालेका हुन् ।
विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको पश्चिमखण्डको काम अत्यन्त सुस्त गतिमा भएको छ । सडक विस्तारको काम सम्झौता भएको आधा समय बितिसक्दा सो सडक विस्तारको प्रगति भने निराशाजनक छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकाङ्क्षा सम्बोधन गर्नेखालको आउन नसकेको बताउनुभएको छ ।