नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री डा. नारायण खड्का युरोप भ्रमणमा हुनुहुन्छ।
। तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा गरेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि आफ्नो कामलाई व्यवस्थित बनाउँदै क्रमागत रूपमा योजनाको काम सम्पन्न गर्ने निर्णय गरेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बुधबार) झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ विन्दुमा पुगेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत ल्याएको कर नीतिको सशक्त ढङ्गले विरोध गर्ने बताउनुभएको छ।
स्याङ्जाको वालिङ नगरपालिका –१२ कोखेमा ठेउला (चिकन पोक्स) को महामारी फैलिएको छ । गाउँका २३ जना बिरामी बच्चालाई उपचारपछि व्यवस्थापन गरिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’मा काम गरेका तीन पूर्वकर्मचारीले अस्पतालबाट करोडौँ रकम ठगी गरेको पक्राउ परेका छन् ।
भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नस्ल सुधारका लागि महत्त्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदीस्थित रक्षाबाबा अस्थाको केन्द्र बन्दै गएको छ। यस क्षेत्रमा बसोबास गर्ने मानव तथा पशुपन्छीको रक्षा गर्ने देवता भएकोले यसलाई रक्षाबाबा नामकरण गरिएको स्थानीयको भनाइ छ।
अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित हुनुभएको छ । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म 'कार्साङ'मा उहाँ अनुबन्धित हुनुभएको हो ।
राष्ट्रिय सभा बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको बजेटका बारे मिश्रित प्रतिक्रिया दिनुभएको छ । सत्तापक्षका सांसदहरूले सकारात्मक भएको भनिरहँदा विपक्षी दलका सांसदहरूले भने आलोचना गर्नुभएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, विस्तार र प्रवर्द्धनका लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) सांसद रघुवीर महासेठले फाष्ट ट्रयाक निर्माणका लागि रक्षा मन्त्रालयमार्फत बजेट पठाउनुपर्ने बताउनुभएको छ।
चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि पौडीमा चार खेलाडी छनोट भएका छन् । नेपाल पौडी सङ्घले आयोजना गरेको छनोट प्रतियोगिताबाट दुई पुरुष र दुई महिला खेलाडी छनोट भएका हुन् ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटलाई आर्थिक अनुशासन र समयको अनुशासनमा बाँध्ने कोसिस भएको बताउनुभएको छ ।