काठमाडौं, जेठ २१ ग्ते । बलिउडका बादशाह शाहरुख खानको आगामी फिल्म 'जवान'को टिजर सार्वजनिक भएको छ । रेड चिलिज इन्टरटेनमेन्टको युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो । बहुप्रतिक्षित फिल्म ‘जवान’को टिजर सार्वजनिक भएसँगै शाहरुखले लेख्नुभएकाे छ, "एउटा एक्सनले भरिएको फिल्म २ जुन २०२३ मा सिनेमाघरमा हामी लिएर आउँदै छौं।"फिल्मलाई एटली कुमारले निर्देशन गर्नुभएको हो । २०२३ मा प्रदर्शनमा आउन लागेको यो फिल्म हिन्दीसँगै तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा प्रदर्शन हुने बताइएको छ।
ग्याँस सिलिण्डर पड्केर तनुहँमा एक बालिकाको मृत्यु भएको छ । भिमाद नगरपालिका –९ च्यानडाँडा बस्ने शिवनारायण केसीको छोरी ११ वर्षिया सुवेक्षा केसीको शुक्रबार साँझ नौ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ मा भाग लिएका उम्मेदवारलाई निर्वाचनमा भएको खर्चको विबरण बुझाउन आग्रह गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले सूचना जारी गर्दै सबै दलका उम्मेदवारलाई खर्च बिवरण पेश गर्न आग्रह गरेको हो ।
भाडामा यात्रु ओसारपसार गरेका कारण एक एम्बुलेन्स कारबाहीमा परेको छ । जिल्लाको रामपुर अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु बोकेको भन्दै ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो ।
देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने भएको छ ।
नेपाल भलिबल संघको केन्द्रीय कार्यसमितिको सातौ पुर्ण बैठक शनिबार पोखरामा सुरु भएको छ । बैठकमा मुख्य गरि सात वटा बिषयमा छलफल हुने नेपाल भलिबल संघ उपाध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो ।
बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन निर्माण पूरा हुने अवस्थामा पुगेको छ । यो आयोजनाको साढे १५ किलोमिटर लम्बाइको ओभरहेड तार टाँग्ने काम सकिएको छ भने योगीकुटीबाट तिनाउसम्म दुई किलोमिटरको भूमिगत लाइन बिछ्याउने काम पनि अन्तिम चरणमा पुगेको छ । भूमिगत लाइनका लागि केवल बिछ्याउने काम सम्पन्न भइसकेको छ भने अब नाङ्गो तार
सरकारले भौगोलिक सूचना प्रणालीमार्फत एकीकृत रूपमा जग्गा मूल्याङ्कन गर्ने भएको छ । वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण र व्यवस्थापन गर्न यस्तो प्रणाली विकास गर्न लागिएको हो । जग्गाको विशेषताका आधारमा मूल्याङ्कन गर्ने गरी भौगोलिक सूचना प्रणालीको नयाँ कार्यक्रम ल्याइएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जग्गामा पहिलो पटक यस्तो प्रणाली प्रयोग गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार नापी विभाग र केन्द्रीय तथ्याङ्क विभागले यो प्रविधि प्रयोग गरे पनि जग्गाको मूल्याङ्कनमा भने यसअघि प्रयोग गरिएको थिएन ।
जिल्ला समन्वय समिति डडेल्धुराको प्रमुखमा गगनसिंह भण्डारी निर्विरोध चयन हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका तर्फबाट भण्डारीको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध चयन हुनुभएको हो ।
विश्व साईकल दिवसको अवसरमा बुटवलका साइक्लिस्टहरुको अगुवाईमा सचेतनामूलक साईकल र्याली आयोजना गरिएको छ ।
लिम्बू समुदायमा प्रचलित भागी विवाहको कथालाई ‘चोरको स्वर’ नामक नाटकबाट मञ्चन गरिएको छ । अनिल सुब्बा र अन्वेषण राई थुलुङको परिकल्पना तथा निर्देशन रहेको नाटक शुक्रबारदेखि थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन गरिएको हो ।
कुस्मा नगरपालिकास्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्व बोकेको कालिका मन्दिर जीर्णोद्धार नहुँदा सङ्कटमा परेको छ । पुरातत्त्व विभागले पुरातात्त्विक संरचनाको पुनर्निर्माण तथा जीर्णोद्धारका लागि बजेट छुट्याउँदै आए पनि कालिका मन्दिरमा भने चासो नदेखाएको मन्दिर संरक्षण समितिको गुनासो छ ।
स्वास्थ्य बीमाको कार्यक्रमलाई स्थानीय तहले प्राथमिकतामा राखेर बीमा गराउँदा भरतपुर अस्पतालमा सेवा लिनेको चाप बढेको छ । नवनिर्वाचित पालिका प्रमुख र विगतका पालिका प्रमुखले आफ्नो कार्यक्षेत्रमा रहेका सेवाग्राहीको स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकतामा राखेका थिए । चितवनबाहिर पनि यो कार्यक्रम जनप्रतिनिधिले राखेका छन् । बीमा गरेकाहरू उपचारका लागि भरतपुर अस्पतालमा आउने गर्छन् । भरतपुर अस्पतालमा क्षमता वृद्धि नगर्दा स्वास्थ्य बीमा गरेका उपचार गराउन आउने बिरामीको चापलाई धान्न नसकिने अस्प
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थ र एलपी ग्यासको माग, आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित गर्ने विषयमा सुझाव दिन उच्चस्तरीय समिति गठन गरिने बताउनुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउनेसम्बन्धी जरुरी सार्वजनिक महŒवको प्रस्तावमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै उहाँले सो जानकारी दिनुभएको हो । उहाँले नेपाल आयल निगमको पुनः संरचना, हरित ऊर्जाको प्रयोग, पेट्रोलियम पदार्थको वितरणमा निजी क्षेत्रको सहभागिता आदि सम्बन्धमा सुझा
हिजोआज खै किन हो हिउँ जस्तै जमेकी छु एकढिक्का हुनेगरी माइनस सत्ताइस डिग्रीको ठन्डीको रापले हिमताल बनाइदिएको छ