काठमाडौँ, जेठ २४ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुने भएको छ ।
काठमाडौँमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ आयोजना हुने जानकारी गराइएको छ । कर्णालीको कथा, जीवनशैली, वेशभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको महोत्सवका निर्देशक चव्रmबहादुर चन्दले जानकारी दिनुभयो । महोत्सव असोज ४, ५ र ६ गते हुने पनि चन्दले जानकारी दिनुभयो ।
सम्मेलनमा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले आकर्षक योजना ल्याएर कर्णालीमा चलचित्र छायाङ्कनको गन्तव्य बनाउन संसद्मा आवाज उठाउने बताउनुभयो । पूर्वराज्यमन्त्री कुन्तीकुमारी शाही, अभिनेता शिव श्रेष्ठ, हास्य कलाकार हिमेश पन्त, निर्देशक रामशरण पाठकलगायतको सम्मेलनमा उपस्थिति रहेको थियो । महोत्सव रेडचेरी मिडिया प्रालिको आयोजना तथा कर्णाली प्रदेश सरकार र चलचित्र विकास बोर्डको सहकार्यमा हुने छ ।