जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बजेटले लक्ष्य अनुरूपको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताउनुभएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि टिप्पणी गर्दै यस्तो बताउनुभएको हो ।
तनहुँको भिमाद नगरपालिकाले आफ्नो पालिकामा स्थायी ठेगाना भई बसोबास गर्ने मानसिक रोगीलाई उपचारमा मद्दत गर्ने निर्णय गरेको छ ।
नेकपा (एमाले) केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ । पार्टीको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले पार्टीको विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हटाइएको जानकारी दिनुभयो ।
नवगठित लुम्बिनी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम जेठ २६ गते शुक्रबार ल्याउने जनाएको छ । शुक्रबार दिउँसो साढे ११ बजेका लागि बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी भएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।
ताप्लेजुङका स्थानीय तहले परिणाम देखिनेगरी ठुला योजनाहरूमा बजेट केन्द्रित गर्ने भएका छन् । वितरणमुखी योजनाका कारण परिणाम नआएको र गरेको कामले कुनै परिवर्तन नल्याएको भन्दै स्थानीय तहले ठुला योजनामा बजेट केन्द्रित गर्ने जनाएको हो ।
कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले खाद्य शिक्षा र पोषण शिक्षासम्बन्धी सचेतना अभियान सुरु गर्न जरुरी रहेको बताउनुभएको छ ।
सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीस्थित नुनथरमा बुधबार मधेश प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास गरिएको छ । मधेश प्रदेशको विपद् व्यवस्थापन समितिद्वारा आयोजित कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा उद्धार अभ्यास गरेका हुन् । मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्यतामा उद्धार अभ्यास गरिएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माण भएका १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको परीक्षण सुरु भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी पक्षका तर्फबाटको बहस सुरु भएको छ । मङ्गलबार सरकारी वकिलको बहस सकिएसँगै आज (बुधबार) देखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सुरु गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे कनीकुथी विरोध गर्नु उचित नभएको बताउनु भएको छ ।
करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको कूटनीतिक सम्बन्धमा सुधार आएको छ । चीनको मध्यस्थतामा तेहरान र रियादबीच विभिन्न समयमा भएका सहमतिले द्विदेशीय सम्बन्ध पुनः सुमधुर बन्न लागेको हो ।
नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा छात्रावास निर्माणका लागि भारतीय राजदूतावासले तीन करोड ५० लाख रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रुपियाँसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले दुई नम्बर यात्रु गेटबाट नेपाल आउँदैगरेको व्यक्तिबाट ४ लाख १७ हजार भारु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी असार ७ गते अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।
शिक्षकसँगै अभिभावकहरूको समुचित ध्यान बालबालिकामा नजाँदा सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बढ्न नसकेको महोत्तरीको मटिहानीमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले बताएका छन् ।