• १३ साउन २०८१, आइतबार

पोषण शिक्षासम्बन्धी सचेतना अभियान सुरु गर्न जरुरी : मन्त्री भुसाल

blog

विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसाल । तस्बिर : गोरखापत्र

काठमाडौं, जेठ २४ गते ।  कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले खाद्य शिक्षा र पोषण शिक्षासम्बन्धी सचेतना अभियान सुरु गर्न जरुरी रहेको बताउनुभएको छ ।

बुधबार विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले खाद्यान्न स्वच्छ, सफा हुनुपर्ने, खाद्यको सुरक्षा हुनुपर्ने भन्नेकुरा निश्चित समूहमा मात्रै पुग्ने गरेकाले आम मानिसमा यसको प्रचारप्रसार हुन जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘खाद्यान्न स्वच्छ, सफा हुनुपर्छ, खाद्यको सुरक्षा हुनुपर्छ भन्नेकुरा निश्चित सीमाभित्र मात्रै हामी पुर्‍याउन सकेका छौँ, सबैमाझ हामीले पुर्‍याउन सकेका छैनौँ । व्यापक रूपमा विस्तार गरेर हामीले जनतामाझ पुग्न सकेका छैनौँ । त्यसकारण हामीले खाद्य शिक्षाको बारेमा, पोषण शिक्षाको बारेमा एउटा नयाँ अभियान चलाउनुपर्ने जरुरी छ ।’’ 

मन्त्री भुसालले खाद्य शिक्षा र पोषण शिक्षाका बारेमा सचेताना अभियानका मन्त्रालयले रकम छुट्याएर काम गर्नेपनि प्रतिबद्धता जनाउनुभयो । उहाँले एकले अर्कोलाई ढाँट्नु भनेको अपराध भएकाले सबैले कसैलाई पनि नढाँटी काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले खाद्य स्वच्छता सम्बन्धी विधेयक गत वर्ष नै राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा अड्किएको र आफूले संसदमा प्रस्तुत गर्न सभामुखसँग आग्रह गरिसकेकाले अब चाँडै नै खाद्य स्वच्छता सम्बन्धी विधेयक संसदमा आउने जानकारी दिनुभयो ।

‘‘खाद्य स्वच्छता, खाद्य सुरक्षा, कृषि सुरक्षा यसका बारेमा व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । हामीले यस पटक खाद्य शिक्षा र पोषण शिक्षाका बारेमा सचेताना अभियानका लागि केही रकम छुट्टाइ काम गर्नेछौँ । यो सबैको लागि हो । ढाँट्ने काम राजनीतिक क्षेत्रबाट मात्रै भएको छ जस्तो मलाई लाग्दैन ।,’’ मन्त्री भुसालले भन्नुभयो, ‘‘कसैले पनि कसैलाई पनि नढाँटौँ । आफूले आफूलाई ढाँट्ने काम बन्द गरौँ । खाद्य स्वच्छता सम्बन्धी विधेयक गत वर्ष नै राष्ट्रिय सभाबाट पारित भएर समितिमा गई छलफल गरी अघि बढाएका थियौँ । अहिले प्रतिनिधि सभामा छ, यसबारेमा मैले सभामुखज्यूलाई भनेको छु, अब यो छिट्टै आउनेछ ।’’

कार्यक्रममा उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले खाद्य स्वच्छता तथा गुणस्तर ऐन संविधान निर्माण भएको तीन वर्ष भित्र आउनुपर्नेमा अहिलेसम्म नआएकोप्रति आपत्ति जनाउनुभयो । उहाँले मौलिक हकको तर्फबाट आउनुपर्ने ऐन नै नआउँदा समस्या भइरहेको बताउनुभयो । उहाँले मन्त्री भुसाललाई हिउँदे अधिवेशनमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन ल्याइसक्ने प्रतिबद्धता जनाउन आग्रह गर्नुभयो ।

खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ भन्ने नारासहित यस वर्षको विश्व खाद्य स्वच्छता दिवस मनाइएको छ ।