• १६ चैत २०८०, शुक्रबार

रुकुममा भेटिएका १२ वटा बम सेनाद्वारा डिस्फोज

blog

मुसीकोट नगरपालिका वडा नम्वर ७ र ८ को सिमानामा फेला परेका बम ।

राजु लामिछाने 

रुकुम पश्चिम, जेठ २३ गते । रुकुम पश्चिममा मंगलबार दिउँसो भेटिएका बम नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने त्रिसिङमा फेला परेका बम रुकुम पश्चिममा रहेको नेपाली सेनाको चण्डिदल गण सल्लेको  टोलीले डिस्फोज गरेको हो ।  

उप सेनानी दुर्गा केसीको नेतृत्वमा गएको टोलीले १२ थान बम डिस्फोज गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । ११ वटा रेडबुलको बट्टा र एउटा रबरको ग्यालनेमा राखिएको बम डिस्फोज गरिएको हो । 

उहाँका अनुसार, मंगलबार दिउँसो स्थानीयले बम रहेको सूचना प्रहरी चौकी झुल्खेतमा दिएका थिए । 

त्यसलगत्तै घटनास्थलमा प्रहरी पठाइएको र बम नै रहेको ठहर भएपछि डिस्फोजका लागि नेपाली सेनाको टोली बोलाइएको थियो ।  प्रहरी नायब उपरीक्षक भट्टराईका अनुसार ती बमहरू केही वर्ष पहिला नै फालिएको हुनसक्ने आङ्कलन गरिएको छ । बम राखिएको प्लाष्टिकको बोरा नै गलेपछि बमका बट्टाहरू बाहिर निस्किएका थिए ।