• ८ वैशाख २०८१, शनिबार

नेपाल म्यानमारसँग पराजित

blog

नेपाली टोली ।

काठमाडौं, जेठ २३ गते । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ ।

मंगलबार भएको खेलमा नेपाल घरेल टोली म्यानमारसँग ५–० गोलले पराजित भएको हो । पहिलो हाफमा दुई गोल गरेको म्यानमारले दोस्रो हाफमा तीन गोल थपेको थियो । 

छनोटको समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल बिहीबार चीन र शनिबार चाइनिज ताइपेइसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली अन्तिम चरणमा छनोट हुनेछन् । यसअघि गत मार्चमा प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटमा नेपाल समूह ‘बी’ को विजेता बन्दै दोस्रो चरणमा पुगेको थियो ।