बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नारायणविलास जोशीको ३४ औँ स्मृति दिवसको अवसरमा उहाँको स्मृतिमा निर्मित स्मृति प्रतिष्ठान भवन उद्घाटन एवम् प्रतिमा अनावरण गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा भवनको उद्घाटन एवम् प्रतिमा अनावरण गरिएको हो ।
समारोहमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ब्यूटीसिएनतर्फ कमला श्रेष्ठ, पेजेन्ट्रीतर्फ रूवि राना शाहलाई अर्पण गरिएको थियो भने ‘लेजेन्ट्री आर्टिस अवाडर्’बाट गायक दीपक बज्राचार्य, ‘मस्ट इन्फ्लुएन्सल पर्सनालिटी अवार्ड’बाट पूर्व बैंकर अनिल केसरी शाह, ‘स्टाइलिस फेसन आइकन अवार्ड’बाट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र चलचित्रतर्फ नायिका प्रियङ्का कार्कीलाई प्रदान गरिएको थियो ।
परराष्ट्र मन्त्री एनपी साउद अछाम आइपुग्नुभएको छ । चौर पाटी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्न मन्त्री साउँद शनिवार राती अछाम आइपुग्नु भएको हो ।
सन् १८२० को दशकमा जब गोरा इसाई मिसिनरीहरू सर्वप्रथम हवाई पुगे त्यहाँका स्थानीय बासिन्दाले आफ्नो सम्प्रभुता, संस्कृति र जीवनशैलीमा खतरा बढ्न थालेको महसुस गर्न थाले । दुई शताब्दीसम्म धेरैले प्रतिरोधसमेत गरे ।
विश्व इतिहासमा यस्ता महिला पनि छन् जसले रचेका इतिहासको चर्चा अहिले पनि उत्तिकै हुने गरेको छ । त्यस्तैमा एक हुन् इजिप्टकी रानी क्लियोपेट्रा । इजिप्टकी रानी क्लियोपेट्रा आफ्नो
खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका दुई दाजुभाइ भारतबाट नेपाल आउने क्रममा बेपत्ता भएका छन् । भारतको उत्तराखण्ड राज्यको पौडीपावौबाट घर फर्किंदै गरेका ४० वर्षीय अर्जुन रावत र ३४ वर्षीय टेकबहादुर रावत विगत एक महिनादेखि बेपत्ता छन् । गत जेठ ३ बाट सम्पर्कविहीन भएको अर्जुनकी श्रीमती जाना रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “बेपत्ता भएका श्रीमान् र देवरले घर आउने दिनमा पावौबाट ऋषिकेश जाने बसमा आउँदै गरेको बताउनुभएको थियो । सो खबर आएको तीन घण्टापछि दाजुभाइ नै सम्पर्कविहीन हुनुभयो ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा ७० प्रतिशत खेतमा रोपाइँ भएको छ । यहाँका १० स्थानीय तहको नौ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ । धान खेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा रहेको छ । सिँचाइ सुविधा नभएका ठाउँमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । सिँचाइ सुविधा भएको ठाउँमा असार १५ गतेसम्म ७० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी क्षेत्रफलमा धान खेती हुने कैलाली जिल्लामा हालसम्म न्यून मात्रामा रोपाइँ भएको छ । मनसुन ढिलो गरी सक्रिय हुनका साथै सिँचाइ असुविधाका कारण मध्य असारसम्म थोरै रोपाइँ भएको जनाइएको छ । असार १५ अर्थात् राष्ट्रिय धान तथा रोपाइँ दिवसको दिनसम्म जम्मा ३० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रराज शर्माले बताउनुभयो । गत वर्ष यही बेलासम्म आधाजति रोपाइँ भइसकेको थियो तर यो वर्ष मनसुन ढिला सुरु हुँदा रोपाइँ ढिलो गरी नै सुरु गरेको किसान बताउँछन् ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा हालसम्म ४३ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार असार १५ गतेसम्मको तथ्याङ्क अनुसार सुर्खेतमा २५ र जुम्लामा ९० प्रतिशत रोपाइँ भएको छ । सो निर्देशनालयका निमित्त प्रमुख चित्रबहादुर रोकायाले यो अवधिसम्म प्रदेशभर ४३ प्रतिशतको हाराहारीमा धान रोपाइँ भएको बताउनुभयो । कालीकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगुमा ९० प्रतिशत र तल्लो क्षेत्रका सुर्खेत, दैलेख, सल्यान, रुकुमपश्चिम र जाजरकोटमा हालसम्म ३८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआउँदा माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाउन समस्या भएको छ । आयोजनाका लागि लगानी जुटाउन दुई वर्ष म्याद थप्ने सरकारको निर्णयलाई सर्वोच्चले सदर गरे पनि उक्त फैसलाको पूर्णपाठ भने आइसकेको छैन । पूर्णपाठ नआउँदा आयोजना निर्माणको प्रक्रिया रोकिएको हो ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाका १४ वडा छन्। यहाँको जनसङ्ख्या ३१ हजार ६७७ रहेको छ। कृषि, पर्यटनलगायतको क्षेत्रको विकासका धेरै सम्भावना भए पनि गति लिन सकेको छैन। स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएर खिलध्वज पन्थीले नगर प्रमुखको जिम्मेवारी सम्हालिरहनुभएको छ। निर्वाचित जनप्रतिनिधिले एक वर्ष कार्यकाल पूरा गरिसकेको सन्दर्भमा नगरको विकास र भावी कार्यक्रमबारे नगर प्रमुख पन्थीसँग गोरखापत्रका तिलाचन पाण्डेले गर्नुभएको संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ : तपाईंहरू निर्वाचित भएको एक वर्ष पूरा भइसकेको छ। यो एक वर्षको अवधिमा के के काम भए ? एक वर्षको अवधिमा हामीले धेरै नयाँ काम अगाडि बढाएका छौँ। नगरलाई सुन्दर र हराभरा बनाउन पुराना र जीर्ण बनेका विद्युत्का पोल र तार व्यवस्थित गर्न ११ मिटरका नयाँ पोल राखी तार प्रतिस्थापन गरी व्यवस्थित गरिएको छ। तम्घास बजारको सडकलाई चौडा पारी सडकलाई पुनः कालोपत्रे गरेर सकिएको छ। यसले गर्दा सडकमा हुने सवारी जाम घटेको छ र पैदल यात्रीलाई समेत सहज भएको छ। गुल्मी जिल्लामा कुनै पनि सभा सम्मेलनका लागि ठुलो सभा हल नभएको महसुस गर्दै वडा नं. ४ मा एक हजार क्षमताको सभा हल निर्माणाधीन अवस्थामा छ। सभा हलको निर्माणपश्चात् सभा सम्मेलनका लागि धेरै सहज हुनेछ। नगरका १२ वटा मुख्य सडकको स्तरोन्नति गर्ने कार्य अगाडि बढेको छ। सालझन्डी, दुर्गाफाँट, पटौटी, राङ्वा, सिमीचौर सडक निर्माणको निरन्तर अनुगमन गरिएको छ। एक आर्थिक वर्ष पूरा भएको अवस्थामा तपाईंहरूको मूल्याङ्कन पनि हुन थालेको छ। निर्वाचनमा गरेका प्रतिबद्धता कति सम्बोधन गर्नुभयो ? निर्वाचन लडेको मलाई हिजो जस्तै लाग्छ। निर्वाचनमा गरेका रेसुङ्गाका सात रङ– शिक्षा तथा खेलकुद, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग वाणिज्य तथा रोजगार, सहरी विकास तथा विपत् र खानेपानी, सिँचाइ तथा सरसफाइ जस्ता धेरै प्रतिबद्धता पूरा गर्नेतर्फ अगाडि बढेका छौँ। आवश्यकताको आधारमा हामीले हाम्रा योजनालाई कार्यान्वयनको प्रक्रियामा लगेका छौँ। नगरको आवश्यकता र जनताको अपेक्षा पूरा गर्न स्रोत साधनको कमी हुन्छ होला। काम कसरी अगाडि बढाउनुहुन्छ ? मेरै कार्यकालमा नगरलाई समृद्ध अनि समुन्नत बनाउने सपनालाई साकार पार्न दिनरात नभनी खटिएका छौँ। यस कार्यमा सबै जनप्रतिनिधि र नगरवासीका साथ र सहयोग रहेकाले सपना पूरा हुनेमा हामी ढुक्क छौँ। हामीले आमजनता र सरोकारवालाबाट सुझाव सङ्कलन गरी त्यसैकै आधारमा नीति तथा कार्यक्रम र बजेट निर्माण गरेका छौँ। हामी हाम्रो स्थानीय तहमा रहेका स्रोत र साधनलाई अधिकतम प्रयोग गर्दै प्रादेशिक तथा सङ्घीय सरकारको सहयोगमा समृद्ध अनि समुन्नत रेसुङ्गा निर्माणका लागि निरन्तर लागिपरेका छौँ। रेसुङ्गा क्षेत्रमा पर्यटन विकासको राम्रो सम्भावना छ। रेसुङ्गा क्षेत्रसहित यस नगरपालिकाको पर्यटन विकासका लागि के कस्ता काम सुरु गर्नुभएको छ ? हामीले रेसुङ्गा क्षेत्रको विकास र पर्यटनका लागि स्पष्ट योजना बनाएको छौँ। हामीले रेसुङ्गालाई बहुआयामिक दृष्टिकोणबाट पर्यटन विकासका लागि योजना तर्जुमा गरेका छौँ। केही दिनअघि ‘जाऊँ हिँड रेसुङ्गा’ अभियान सुरु ग¥यौँ। रेसुङ्गाको धार्मिक, ऐतिहासिक महत्वबारे प्रचारप्रसार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाइ धार्मिक पर्यटक भित्र्याउन चाहन्छौँ। यसका लागि रेसुङ्गा संरक्षण समितिको समन्वयमा आवश्यक योजना अगाडि बढाएका छौँ। रेसुङ्गा वन क्षेत्रको जैविक विविधतालाई संरक्षण गर्दै पर्यटनसँग जोड्न विभिन्न किसिमका अध्ययन, अनुसन्धानका क्षेत्र निर्धारण गरी अगाडि बढ्ने सोच बनाएका छौँ। यसका साथै लामो समयसम्म गुल्मेलीको प्रतीक्षामा रहेको वि
मनसुन सुरु भए पनि पर्याप्त वर्षा भइनसकेकाले किसानले रोपाइँ गर्न सकेका छैनन्। आधा असार सकिँदा लुम्बिनी प्रदेशमा जम्मा ११ प्रतिशत मात्र रोपाइँ भएको छ। यो वर्षको धान दिवस प्रदेशका विभिन्न ठाउँमा धान दिवस मनाइए पनि धेरै ठाउँमा किसानका खेत सुक्खा छन्। असार १५ गते शुक्रबारसम्म जम्मा ११ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ। यस पटक वर्षामा कमी आएकाले रोपाइँ प्रभावित भएको मन्त्रालयले जनाएको छ। सिँचाइ पुगेको भए आधा रोपाइँ भइसक्ने प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले बताउनुभयो। मरासिनीका अनुसार गत वर्ष यही अवधिमा झन्डै ३२.७१ प्रतिशत रोपाइँ भएको थियो।