खानेपानीको समस्या झेल्दै आउनुभएकी सिन्धुली जिल्लाको मरिण गाउँपालिका–३, भालुमाराकी रणकुमारी तामाङको आँगनमै खानेपानी धारा बनेको छ। वर्षौंदेखि घरमै पानीको धारा जोड्ने सपना पूरा भएसँगै निःशुल्क खानेपानी पाएपछि अहिले तामाङ खुसी हुनुहुन्छ। तामाङको यो सपना वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहयोग तथा भालुमारा नमुना कृषि सहकारी संस्थाको संयोजनमा पूरा भएको हो। यो योजनाबाट रणकुमारी जस्तै ९७ घरपरिवार लाभान्वित भएका छन्।
चितवनको नारायणगढ–मुग्लिन सडकको विभिन्न ठाउँमा गएको पहिरोका कारण राजमार्ग अहिले अवरुद्ध छ । सडकको नौ ठाउँमा पहिरो झरेको छ । सबै भन्दा ठूलो पहिरो तीननम्बर पुलमा रहेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धानको सिजनमा मलको अभाव नहुने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्ड मात्र होइन, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले पनि यसपालिको धानको सिजनमा मलको अभाव नहुने दाबी गर्नुभएको छ । असार १३ गते प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभएको थियो, “पछिल्ला निकै वर्षदेखि किसानले कहिल्यै समयमा मल पाएनन् । मैले विश्वासको मत लिँदै गर्दा सम्मानित संसद्मा प्रतिबद्धता जनाएको थिएँ, अब मलको हाहाकार हुन दिने छैन ।”
भूकम्पबाट क्षतिग्रस्त भएको काठमाडौँको त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । छ महिना अघिदेखि सुरु भएको पुनर्निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न हुने छ । पुनर्निर्माण कार्यमा संलग्न इन्जिनियर रोशन यादवले पुनर्निर्माण कार्य करिब २० प्रतिशत सकिएको जानकारी दिनुभयो । निर्माण कार्यका कारण त्यहाँ सञ्चालन हुँदै आएका कक्षालाई पश्चिमतर्फको सरस्वती सदन र अस्थायी कक्षाकोठामा सञ्चालन गरिँदै आएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दायराभित्र पर्नेलाई छुट दिन नसकिने बताउनुभएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मका आधारमा नागरिकता वितरण सुरु गरेपछि कार्यालयमा नागरिकता लिने सेवाग्राहीको विस्तारै भीड बढ्न थालेको छ।
ताप्लेजुङमा असार १५ गते सम्ममा ३७ प्रतिशत धान रोपाइँ भएको छ। जेठ महिनाको दोस्रो साता पछिदेखि नै रोपाइँ सुरु हुने गरेको भए पनि हालसम्म ३७ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन प्रवर्द्धनलाई पहिलो सर्त बनाएर काम थालेको बताउनुभएको छ।
संघीय संसदमा रिपोर्टिङ गर्ने पत्रकारको संस्था संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित हुनुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज भएको समाजको आठौं अधिवेशनबाट सत्याल निर्वाचित हुनुभएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सुनमा विलाशिताको वस्तुमा लाग्ने कर नलगाएको बताउनुभएको छ। पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघसँगको शनिबार भएको भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी ललितपुरमा जारी तेस्रो प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रतिभावान युवालाई नगद पुरस्कारसहित युवा प्रतिभा सम्मानद्वारा सम्मानित गरिएको छ । खोज, अनुसन्धान तथा नवप्रवर्तनमा योगदान दिएका युवालाई प्रदेश युवा परिषदले शनिबार सम्मानित गरेको हो ।
आमिन्त्रत टोली कुवेत भारतको बेङ्लोरमा जारी १४औँ साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । श्री कान्तिरभा स्टेडियममा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा कुवेतले बंगलादेशलाई १–० गोलले हरायो ।
सङ्खुवासभाको पहिलो व्यापारिक केन्द्र तथा ऐतिहासिक नगरी चैनपुर नगरपालिकाको चैनपुर बजार
मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा प्रयोग गरिएका पहेँलो सङ्केत (स्टिकर)लाई हटाउने भएको छ ।