दोलखाको वैतेश्वर–६, नाम्दुका कालुराम जिम्बा तामाङको एकल प्रयासमा तामाङ मिनी सङ्ग्रहालय निर्माण गरिएको छ। भवनसहित करिब पाँच लाख रुपियाँमा सङ्ग्रहालय तयार भएको छ। समाजसेवी, पेसाले चित्रकार र व्यवसायी तामाङले सङ्ग्रहालयमा पुराना ठेकी, पेरुङ्गो, घुम, हर्पे, लालटिन, ओखल ढिकी, पुराना झ्याल ढोका, झाँक्रीका मूर्तिलगायतका लोप हुन लागेका सामग्री राख्नुभएको छ।
पोखरामा पाँच वर्षपछि अन्तरप्रदेश मुख्यमन्त्री बैठक सम्पन्न भएको छ। गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आयोजनामा अन्तरप्रदेश मुख्यमन्त्री बैठकमा परिषद्का अध्यक्ष रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी मात्र हुनुभएन, बैठकले तयार पारेको १७ बुँदे साझापत्र ग्रहण गरी त्यसप्रति सकारात्मक सन्देश दिनुभयो। मुख्यमन्त्रीलाई उत्साही बनाउनुभयो। सङ्घीयताको खम्बाका रूपमा रहने प्रदेश सरकारलाई सङ्घीयता थप प्रभावकारी प्रमाणित गर्न देखिएका अवरोध हटाउन सङ्घले बेवास्ता गरेको गुनासो मुख्यमन्त्रीको रहँदै आएको छ। व्यावहारिक अभ्यास र अनुभवका
राजनीतिक परिवर्तनपछि तदनुरूप आवश्यकीय संस्था निर्माण गर्नु अपरिहार्य हुन्छ। विगतको राजनीतिक सोच अनुरूप खडा गरिएका संस्थाले परिवर्तित राजनीतिक अवस्थामा प्रभावकारी काम गर्न नसक्ने मात्र होइन, कतिपय संस्था बाधकका रूपमा रहन सक्छन्। राजनीतिक प्रकृतिका संस्था संविधानतः निर्देशित भएर स्थापना हुने भए पनि सामाजिक, आर्थिक विकास र सुशासन कायम गर्न आवश्यक पर्ने संस्था सजिलै स्थापना हुन नसक्ने अवस्था आउँछ। राजनीतिक परिवर्तनपछिको पहिलो काम नै नयाँ आवश्यक संस्था निर्माण गर्नु हो। यसका लागि सुविचारित योजना बनाएर तदनुरूप संस्था निर्माण र तिनको सबलीककरण गरी संस्थागत
समाजरूपी आवर्तनको रूपमा रहेको चलचित्रले सामाजिक यथार्थबोधलाई प्रदर्शन गरिरहेको हुन्छ। समाजवादी यथार्थवादलाई अनुसरण गर्ने अस्त्रको रूपमा पनि यसलाई प्रयोग गरिन्छ। यसले समाजलाई दिशानिर्देश गर्ने ल्याकत राख्ने मात्र होइन, प्रत्यक्ष र परोक्ष रूपमा सकारात्मक र नकारात्मक प्रभावलाई प्रकारान्तरले दिशाबोध गर्नसक्ने सामथ्र्य राख्छ। राम्ररी खिचिएको एक चित्रले दसौँ कुरालाई इङ्गित गर्न सक्छ भने चलचित्रले लाखौँ भावनालाई अर्थलाई प्रतिविम्बन गर्न सक्छ।
बागलुङ नगरपालिका–९ तित्याङ र गैह्रा फाँट जोड्ने झोलुङ्गे पुल जीर्ण भएपछि काठेपुल निर्माण गर्दै मजदूर । बर्खाले खहरे खोला बढेपछि ग्रामीण क्षेत्रमा धमाधम स–साना पुलहरु निर्माण हुन थालेका छन् ।
यति बेला सरकारले भ्रष्टाचारविरुद्ध जुन कदम अघि बढाएको छ, त्यसको सर्वत्र प्रशंसा गरिएको छ। आखिर सरकार भन्नु जनचाहनाकै प्रतिबिम्ब हो र यसले जनताको भावनालाई कदर गर्दै अघि बढ्नु पर्छ। लामो समयदेखि नेपाली जनताबिच झाँगिएको आर्थिक अनियमितता, भ्रष्टाचार, अधिकारको दुरुपयोग र दण्डहीनताको स्थितिका विरुद्ध आमनागरिक रुष्ट थिए नै। हरेक आवधिक निर्वाचनमा सबैजसो राजनीतिक दलले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने आफ्नो दलको नीति
जनवादी चीनको पाँचदिने भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कनुभएको छ । उहाँलाई छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त सरकारका उपमहासचिव सियाओ फङ्ग , चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सिचुवान एयरलाइन्स कमिटीका सचिव सी छयी र छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले बिदाइ गर्नुभयो
नेपालको संविधानको धारा ११९ को प्रावधानबमोजिम १५ जेठ, २०८० का दिन अर्थमन्त्रीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ। सरकारमा रहेका दलका प्रमुख सचेतकले सोही बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने प्रचलन छ। ह्विप भन्नाले केलाई बुझ्ने र त्यसको काम के हो भन्ने सन्दर्भमा विभिन्न विचार प्रस्तुत छन्। तथापि ह्विप भनेको संसदीय व्यवस्थाको सुन्दर पक्ष भनिन्छ एकातिर भने अर्कोतर्फ ह्विपले व्यक्तिको स्वतन्त्रताउपर लगाम लगाउने कार्य गर्छ भन्ने पनि गरिन्छ।
राप्ती नदीमा आएको बाढीका कारण नदीको बीच भागमा फसेका ६ जना गोठाला र ७८ वटा बाख्राको शनिवार राति उद्धार गरिएको छ ।
गुल्मीमा हालसम्म नौ प्रतिशत धान रोपाइँ भएको छ । मनसुनी कम वर्षा भएको कारण गत वर्ष भन्दा यो पटक रोपाइँ प्रतिशत घटेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
यस वर्ष मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो रोकथामको स्थायी उपाय गर्न नसकिने भएको छ। यसको स्थायी उपाय अहिले नभएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ। गत वर्ष ३३ स्थानमा जोखिम रहेको यो सडकखण्डमा अहिले दुई स्थानमा जुनसुकै समयमा पहिरो जान सक्ने छ। यस पटक नयाँ स्थानमा पहिरो झरेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले भन्नुभयो।
गुल्मीमा चार सय ८८ रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको छ ।
नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार सर्जकहरूलाई समर्पण गरेको छ । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा शिक्षाविद् प्राध्यापक केदारभक्त माथेमाले ‘नूर–गङ्गा राष्ट्रिय बालसाहित्य पुरस्कार–२०७८’ साहित्यकारहरू डा. गेहेन्द्रमान उदास पोखरेली (पोखरा) र कन्हैया नासननी (काठमाडौँ) लाई संयुक्त रूपमा प्रदान गर्नुभयो । जनही ५० हजार नगद राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
गायक दीपक वज्राचार्यको साङ्गीतिक कोसेलीहरूको नयाँ सङ्गालो ‘प्रोजेक्ट नजिक’ आउँदै छ । तीन दशकदेखि निरन्तर साङ्गीतिक क्षेत्रमा चर्चा र सफलता पाइरहनुभएका वज्राचार्यले नयाँ र केही पुराना गरी नौ वटा गीतका म्युजिक भिडियोलाई नयाँ शैलीमा दर्शक माझ ल्याउन लाग्नुभएको हो । उहाँले नयाँ प्रस्तुतिहरूलाई म्युजिक भिडियोमा मात्र सीमित नराखी नयाँ शैलीमा देश विदेशका दर्शक माझ पु¥याउने योजनामा रहेको बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले छिट्टै चीन भ्रमण गर्ने बताउनुभएको छ। पोखरामा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भ्रमणको तयारी भइरहेको पनि जानकारी दिनुभयो। भारतसँग थप हवाई मार्गबारे छलफल गरिएको र त्यो छिट्टै निष्कर्षमा पुग्ने भन्दै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा जाँदा पनि यो विषयमा छलफल हुने बताउनुभयो।