पृथ्वीराजमार्गमा पर्ने आँबुखैरेनी गाउँपालिका –१ बराँदी, पेट्रोलपम्प नजिकै बस र मोटरसाइकल आइतबार दिउँसो १३ः१० बजे ठोक्किँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते हुनुभएको छ ।
अस्पतालमा बढ्दो बिरामीको चापका कारण रगतको माग धान्नै मुस्किल हुन थालेको छ । रक्तसञ्चार केन्द्र रुपन्देहीका अनुसार रगतको माग र आपूर्तिमा ठूलो अन्तर छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले साहु र ऋणीबीच ब्याजमा आर्थिक लेनदेनको कारोबार भएपछि स्थानीय तहबाट प्रमाणीकरण गर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरिएको बताउनुभएको छ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले यहाँका दलित समुदायका लागि एक दिने नेतृत्व तथा क्षमता विकास तालिम प्रदान गरेको छ ।
सिमकोट गाउँपालिका –१ र २ कुम्लिक जिउला खानेपानी योजना निर्माण सुरु भएको १२ दिनमै सम्पन्न भएको छ । सो योजना आवश्यकतामा आधारित हुनु र स्थानीयवासीले दिनरात काम गरेपछि सम्झौता भएको बाह्र दिनमै निर्माण सम्पन्न भएर धारामा पानी खसालिएको हो ।
आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।
बजेटमाथि असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रदेश सभा बैठकमा अवरोध हटेको छ । आइतबार बसेको सर्वदलीय बैठकमा सहमति जुटाएको हो ।
यूएईविरुद्ध आज नेपालले गत साता वेस्ट इन्डिजसँग खेलेका तीन खेलाडीलाई परिवर्तन गरेको छ । ओपनर तथा विकेटकिपर आसिफ शेखको स्थानमा अर्जुन साउद, कुशल मल्लको स्थानमा ज्ञानेन्द्र मल्ल र स्पिनर ललित राजवंशीको स्थानमा तीव्रगतिका बलर प्रतिश जिसीलाई मैदानमा उतारेको छ ।
गत मङ्गलबारदेखि बागमती प्रदेश सभा बैठकमा अवरोध गर्दैआएको नेकपा (एमाले) ले माग सम्बाेधन नभएसम्म बैठक चल्न नदिने जनाएको छ ।
पाल्पाको तानसेन डबलीको संरक्षण र पर्यटनको मुख्य केन्द्र बनाउन नगरपालिकालाई तानसेन डबली हस्तान्तरण गर्ने तयारी भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनुभएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपाल र चीनबीचको सम्बन्ध सुदृढीकरण तथा व्यापार, लगानी र आर्थिक विकासमा सकारात्मक छलफल भएको बताउनुभएको छ।
नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठुला नेता र प्रहरीका उच्च अधिकारीहरूको पनि संलग्नता रहेको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारले तोकेअनुसारको पारिश्रमिक पाउने विषय आधारभूत विषय भएको बताउनुभएको छ।
बाँकेको बैजनाथ गाउँपालिकाले उत्पादन बृद्धिसँगै व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले पालिकाभित्रका किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गरेको छ ।
उमेरले ७० पुग्न लाग्दै गर्दा कुन बुबाको चाहना नहोला र दुःख बिसाउने र सुखको श्वास फेर्ने । जीवनको उत्तरार्द्धमा सन्तानलाई सबै जम्मा लगाएर हलुङ्गो जीवन बाँच्ने धेरैको सपना पनि हुन्छ ।