महिलाले बाजा छुनै हुन्न भन्ने सामाजिक अन्धविश्वास चिर्दै धिमे बाजा बजाउन सिकेकी इन्दिरा लाछिमस्यू नेपालकै पहिलो धिमे बाजा बजाउने महिलाका रूपमा चिनिनुहुन्छ । करिब २९ वर्षअघि धिमे बाजा बजाउन सिकेर टोलमा हुने जात्राहरूमा पुरुषसँग तालमा ताल मिलाएर हिँड्दा बुढापाकाले ‘लौ न के देख्नु परेको’ भनेर टिप्पणी गरेको उहाँको स्मरणमा अझै ताजा छ ।
साहित्यकार वसन्त रोकाया (बाध्याताश्री) द्वारा लिखित दुई वटा खण्डकाव्यमाथि समालोचना गरिएको छ । खस भाषामा लेखिएको ‘यार्सा’ र नेपाली भाषामा लिखित ‘हिमाल’ खण्डकाव्यको एकसाथ स्थानीय समाजसेवी र बुद्धिजीवीद्वारा पहिलो पटक जिल्लास्तरमा समालोचना भएको हो ।
राष्ट्रिय योजना आयोगले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्ने सन्दर्भमा आवश्यक रणनीति निर्धारणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले रणनीतिसम्बन्धी मस्यौदामाथि गरिएको छलफलका क्रममा सो कुरा बताइएको हो ।
बागमती प्रदेश सभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभाका सदस्यहरूले अवरोध गरेपछि आइतबार दिउँसो स्थगित गरिएको बैठक आज बिहान ११ बजे बस्ने सूचना टाँस भएको हो ।
मिटरब्याज पीडितको समस्या सम्बोधनका लागि जारी अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभाले संशोधन दर्ता प्रक्रियाका लागि अनुमोदन गरेको छ । प्रतिनिधि सभामा सन्देशसहित टेबुल भएको विधेयकलाई आइतबारकै दोस्रो बैठकले संशोधन प्रक्रियाका लागि अनुमोदन गरेको हो । विधेयकमा संशोधन दर्तापछि दफाबार छलफलको प्रक्रियामा लगिने छ ।
नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो ।
ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङ र अधिवक्ता समीर लामिछानेको विवादमा एक अर्कालाई आरोपित गर्दै अदालत कर्मचारी र नेपाल बार एसोसिएसनले आ–आफ्ना विरोधका कार्यक्रम सुरु गरेका छन् । तामाङलाई कुटपिट गरिएको भन्दै कर्मचारी युनियनले आइतबार देशभरिका अदालतमा दिउँसो १ः३० बजेसम्म कामकाज ठप्प पारेका छन् । यस्तै बार एसोसिएसनले सोमबार देशभरका अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका अन्य मुद्दामा बहस नगर्ने निर्णय गरेको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्यमन्त्री नियुक्ति लागि असार २१ गते बिहीबार साँझ ५ बजेसम्म दाबी पेस गर्न आज साँझ आह्वान गर्नुभएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा प्रकरणमा आइतबार थप तीन जनालाई पक्राउ गरेको छ।
त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनले राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाललाई पराजित गर्दै तेस्रो प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ उपाधि जित्नुभएको छ ।
पशुपति क्षेत्र विकास कोषले साउन महिनामा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि सहजरूपमा दर्शन गराउन तयारी सुरु गरेको छ ।
इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक आइतबार साँझ ६ बजेसम्म अवरुद्ध भएको थियो ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभएको छ । निर्माण कम्पनीलाई सफल बनाउन नसक्ने भएकाले विद्यमान सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नेपर्ने उहाँको भनाइ छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त बजार व्यवस्थापन सदस्य नवराज अधिकारीलाई शपथ गराउनुभएको छ ।