‘हलोविन’ पर्वको पूर्वसन्ध्या, अर्थात् सन् १९३८ अक्टोबर ३० को साँझ । अमेरिकीहरू ‘हलोविन’ पर्व सदाझैँ धूमधामसँग मनाउने तयारीमा थिए । उनीहरू स्वाभाविक किसिमले ‘फेस्टिभ मुड’ मा थिए ।
मुस्ताङको मुख्य बालीमध्येको एक स्याउको उत्पादन यस वर्ष निकै गिरावट आउने देखिएको छ । स्याउको बोटमा कम फल लागेपछि उत्पादनमा कमी आउने भन्दै किसानहरू चिन्तित बनेका छन् ।
बिक्री वितरण र वार्ता गर्न सक्ने योग्यता । आफूले जे सोचेको र अनुभव गरेको हो त्यो व्यक्त गर्ने योग्यता । चुप रहने, सुन्ने र अरूबाट सिक्ने योग्यता । अनरूप हुने, परिस्थिति अनुकूल हुने र बाधा पार गर्न सक्ने योग्यता । पढ्ने, बुझ्ने र स्मरण गर्न सक्ने योग्यता ।
केटी : वासन्ती बहार छर्न आउनू है ! खालि छ सिउँदो भर्न आउनू है !
शीत युद्ध कालमा जर्मनीलाई दुई क्षेत्रमा विभाजित गरिएको थियो : फेडरल रिपब्लिक अफ जर्मनी (पश्चिम जर्मनी) र जर्मन डेमोक्रेटिक रिपब्लिक (पूर्वी जर्मनी) । पश्चिम जर्मनी पश्चिमा देशहरूसँग सम्बद्ध र पूर्वी जर्मनी सोभियत सङ्घसँग सम्बद्ध थियो । कुनै बेला दुवै क्षेत्रको साझा राजधानी बर्लिनलाई पनि भाग लगाइयो । सन् १९६१ मा निर्माण गरिएको ‘बर्लिन वाल’ ले एकै सहर आधिकारिक रूपमा दुई देशको राजधानी बन्न पुगेको थियो ।
के भनी मलाई सताइरहन्छ, मनको कुनामा
दुनियाँमा शस्त्रास्त्रको होडबाजी बढ्दो छ । पहिलो विश्व युद्ध (सन् १९१४–१९१८) तथा दोस्रो विश्व युद्ध (सन् १९३९–१९४५) को विभीषिकाबाट पनि चेत खुलेको छैन । कोरियाली युद्ध, भियतनाम युद्ध, इरान–इराक युद्ध, सिरियाली युद्ध, अफगान युद्ध आदिको ऐतिहासिक सिलसिलामा केही समययता रुस–युक्रेन युद्धले दुनियाँ तताएको छ । तत्कालै युद्ध थामिने छेकछन्द पनि छैन, बरु उल्टै परमाणु हतियार प्रयोग हुने आशङ्काले चासो र चिन्ता बढाएको छ ।
असारको तेस्रो सात्ता बित्नै लाग्दा अहिलेसम्म मधेस प्रदेशमा करिब नौ दशमलव ५२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको छ । समयमा वर्षा नहुदाँ यो प्रदेशको ९० दशमलव ४८ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिझ धनुषाका निमित्त कमलदेव कुशवाहाले जानकारी दिनुभयो ।
पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रामसागर साहकी श्रीमती नक्कली स्वास्थ्यकर्मी बनेर बिरामीलाई सुई लगाउँदा लगाउँदै पक्राउ परेकी छन् । उनको साथबाट प्रहरीले औषधी र सुईसमेत बरामद गरेको छ । स्वास्थ्य शाखा संयोजक साहले श्रीमती श्यामा साहलाई जनकपुरबाट पञ्चेश्वर बोलाई औषधी पसल सञ्चालन गर्न लगाएका थिए । । उहाँले श्रीमतीको नाम राखेर श्यामा क्लिनिक चलाउँदै आएको पत्ता लागेको छ ।
सुदूरपश्चिममा पहिलो पटक सरकारको अनुदानमा मोती उत्पादन सुरु गरिने भएको छ । डडेलधुरा जिल्लाको भित्री मधेश परशुराम नगरपालिका–४, कटालमा ८० प्रतिशत सरकार र २० प्रतिशत रकम निजी लगानीकर्ताबाट मोती उत्पादन सुरु हुन लागेको हो । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय डडेलधुराको सम्भाव्यता अध्ययनपश्चात् कटालमा आवश्यक पूर्वाधार निर्माणको काम थालिएको छ ।
सहिद दशरथ चन्दको जन्मस्थान बस्कोट र बैतडी सदरमुकाममा १२१ औँ जन्मजयन्ती मनाइएको छ । सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानको आयोजनामा चन्दको जन्मघर बस्कोटस्थित सालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाइएको हो । सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बस्कोट र सदरमुकाम गढीस्थित सहिद चन्दको सालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाइएको बताउनुभयो ।
सुर्खेत र अछामको सिमानामा निर्माण हुने वेतन कर्णाली जलविद्युत् आयोजनाका लागि लगानी जुटाउन पहल भइरहेको छ। लगानी सुनिश्चितता नहुँदा निर्माणले तीव्रता पाउन सकेको छैन। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ। ४३९ मेगावाट क्षमताको यो आयोजना निर्माण गर्न ८८ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ तर हालसम्म लगानीको स्रोत सुनिश्चितता भइसकेको छैन। कर्मचारी सञ्चय कोषले लगानी गर्ने सात अर्ब बजेट मात्रै सुनिश्चित भएको छ। बाँकी रकम आयोजना सुरु हुनुअघि नै सुनिश्चितता गर्नुपर्ने हुन्छ। त्यसैले अहिले प्रवर्धक कम्पनीले आयोजनाका लागि रकम सुनिश्चितताको पहल सुरु गरेको हो। लगानी सुनिश्चितताका लागि विभिन्न बैङ्कसँग छलफल अघि बढाइएको छ।
पूर्वी नवलपरासी डिभिजन वन कार्यालयले निःशुल्क रूपमा बिरुवा वितरण गर्न आफ्नै नर्सरी तयार पारेको छ। यस वर्ष वन कार्यालयले आफ्नै नर्सरीमा ३२ प्रजातिका बिरुवा तयार गरेको छ। बहुवर्षीय रुखका बिरुवा, बहुवर्षीय डालेघाँसका बिरुवा, बहुवर्षीय फूलका बिरुवा, सुगन्धित, जडीबुटीजन्य बिरुवाका साथै भूक्षय, कटान तथा पहिरो रोकथामा उपयोगी बाँस तथा अम्रिसो जातका बिरुवा उत्पादन गरिएको वन कार्यालयले जनाएको छ। कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवाको वितरण थालेपछि बिरुवा लिन आउनेहरू बढेका छन्। डिभिजन वन कार्यालय परिसरमा रहेको डिभिजन नर्सरी र गैँडाकोट सबडिभिजन कार्यालयको सबडिभिजन नर्सरीमा एक लाख १८ हजार बिरुवा हुर्काइएको छ।