। हेवाखोलाको अन्तिम बिन्दु माझीटारका ४० वर्षीय मङ्गलबहादुर माझी यस्तो बाढी आउला भनेर दश मनमा एक मन पनि नसोचेको बताउनु हुन्छ। हिउदमा जङार तरिने हेवाखोला तीन गते तमोर नदी बनेर आएको भान भएको उहाँले सुनाउनुभयो।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय सभा सांसद सोनाम गेल्जेन शेर्पाले पहुँचवाला मन्त्री र सांसदहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट पारेकाे बताउनुभएको छ ।
करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रदेव गाउँपालिका वार्ड –३ मथुरामा अस्थायी रूपमा बिगत दुई महिनादेखि बस्दैआएका गुल्मीको मुसिकोट नगरपालिका वार्ड –३ बस्ने २६ वर्षका बिमल महतको करेन्ट लागेर मृत्यु भएको हो।
राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले सरकारले अहिलेसम्म पनि दलितहरुका लागि किटान गरेर बजेटको व्यवस्था गर्न नसकेको भन्दै आपत्ति जनाउनु भएको छ ।
बागलुङ बजार नजिकै छ खहरे गाउँ । दशक अगाडिसम्म गाउँमा ढुङ्गाले बान्की मिलाएर छाएको छानो, सेतो कमेरो र माटोले पोतिएका घर थिए ।
कोहलपुर नगरपालिकाले क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउन पालिकाभित्र एक जना पनि क्षयरोगी हुन नहुने भएकाले रोगीको पहिचान र खोजी गर्ने कार्य चलिरहेको छ ।
प्रतिनिधि सभाबाट पारित भइसकेको विनियोजन विधेयक, २०८० माथि राष्ट्रिय सभामा छलफल सुरु भएको छ ।
दोलखामा यो वर्ष अहिलेसम्म ४२ दशमलव ८ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । वर्षा ढिलो भएका कारण जिल्लाका विभिन्न स्थानमा हालसम्म ४२ दशमलब ८ प्रतिशत भु–भागमा मात्र धान रोपाईँ सकिएको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाका कृषि विकास अधिकृत नन्दराज ओलीले जानकारी दिनुभयो ।
कानुन व्यवसायीहरुले जिल्ला अदालत ललितपुरमा विरोध प्रदर्शन गरेका छन् । जिल्ला अदालत ललितपुरका नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबीचको विवादपछि हात हालाहाल भएको घटनालाई लिएर कानुन व्यवसायी आन्दोलन गरेका हुन् ।
मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्य समिति बैठकले चुरे संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र झिलमिलामा चिनियाँ बकुल्ला फेला परेको छ । बेल्डाँडी गाउँपालिकाको झिलमिलामा हिजो सो बकुल्ला फेला परेको हो ।
पशुपति क्षेत्रस्थित मित्रपार्क चोकमा निर्माणका लागि शिलान्यास गरिएको आकाशेपुलको काम वर्षौंदेखि अलपत्र बनेको छ । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले कार्यकालको अन्त्यतिर मित्रपार्कमा आकाशेपुल निर्माणका लागि शिलान्यास गर्नुभएको थियो । पुलको शिलन्यास गरिएपनि निर्माण नहुँदा अलपत्र बनेको हो ।
बिहे मनाउन मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आज असार १८ गते सार्वजनिक बिदा दिएको छ । मुस्ताङगी राजा झिग्मी सिङ्गी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाहको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
‘डाक्टर्स विदाउट बोर्डर्स’ अर्थात् ‘मेडिसिन्स सान्स फन्टियर्स (एमएसएफ)’ को सुडानी शाखाद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “स्थिति गम्भीर छ । शङ्कास्पद दादुरा र बालबालिकामा कुपोषण सबैभन्दा अत्यावश्यक स्वास्थ्य समस्या हो ।”