• १३ साउन २०८१, आइतबार

दोलखामा करिब ४३ प्रतिशत रोपाइँ सकियो

blog

दोलखामा धान रोप्ने क्रममा रोपाहारहरु । तस्विर : बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, असार १८ गते । दोलखामा यो वर्ष अहिलेसम्म ४२ दशमलव ८ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । वर्षा ढिलो भएका कारण जिल्लाका विभिन्न स्थानमा हालसम्म ४२ दशमलव ८ प्रतिशत भूभागमा मात्र धान रोपाईँ सकिएको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाका कृषि विकास अधिकृत नन्दराज ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आकाशे पानीको भर पर्नुपर्ने खेतमा कम रोपाइँ भएको छ । गत वर्ष हालसम्म करिब ५० प्रतिशत भूभागमा धान रोपाइँ सकिएको थियो । दोलखाका नौ वटै स्थानीय तहको तल्लो भूभागमा धान उत्पादन हुनेगरेको छ । 


जिल्लामा यस वर्ष दुई हजार ९०१ हेक्टर भूभागमा धानखेती हुने अनुमान गरिएको छ । गतवर्ष तीन हजार दुई हेक्टर भूभागमा धानखेती भएको थियो । आकाशे पानीको भरमा यहाँ साउनको अन्तिमसम्म पनि रोपाइँ गर्ने गरिन्छ । सिँचाइँको पहुँच भएका स्थानमा अहिले रोपाइँ जारी छ ।