नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । विसं १९८१ असार १८ गते जन्मनुभएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलनलगायतका कार्यक्रम राखेका छन् ।
पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो ।
धनकुटाको महालक्ष्मी नगरपालिका मूल रूपमा ग्रामीण क्षेत्र नै हो। १२६.३ वर्ग किमि क्षेत्रफल रहेको यो नगरपालिकाको जनसङ्ख्या २४ हजार ८०१ छ। नौ वटा वडा रहेको यो नगरपालिकाले प्रायः सेवा प्रवाह वडाबाटै गर्दै आएको छ। यो नगरपालिकाको प्रमुख ध्रुवराज राया हुनुहुन्छ। अघिल्लो स्थानीय निर्वाचनमा वडाध्यक्ष बन्नुभएका राया गत वर्षको वैशाखमा सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनमा प्रमुखमा निर्वाचित हुनुभएको हो। स्वास्थ्य, शिक्षा, रोजगार, खानेपानीसहित पूर्वाधार विकास तथा बसाइँसराइ रोक्नु मुख्य चुनौती रहेको बताउनुहुने प्रमुख रायासँग गोरखापत्रका कविराज घिमिरेले कुराकानी गर्नुभएको छ। प्रस्तुत छ, प्रमुख रायासँग गरिएको कुराकानीको सम्पादित अंश :
राष्ट्रिय भूमि आयोग र मातहतका निकायले भूमिहीन दलित र अव्यवस्थित बसोबास गर्नेहरूलाई जग्गा वितरण गर्न जग्गा नापजाँच गरिरहेका बेला भूमाफियाको चलखेल बढेको छ। जग्गाधनीले आफ्नो नामको जग्गा भोगचलन गर्न सकेका छैनन् भने चार दशकदेखि भोगचलन गर्दै आएका व्यक्तिले पुर्जा प्राप्त गर्न सकेका छैनन। वडामा मालपोत तिरेर सिफारिससहित मालपोत कार्यालय जाँदा त्यस्ता जग्गाहरू बिक्री वितरण गर्न सकिने भएकोले भूमाफियाहरू नक्कली कागज बनाउन सक्रिय भएका हुन्। मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका जग्गामा दोहोरो स्वामित्व रहेको छ।
करिब दुई दशकअघिदेखि निर्माण थालिएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट पानी आपूर्ति नियमित भएपछि कृषकले उत्पादन बढ्ने आशाले खुसी भएका छन् । पूर्वी नहरबाट चार हजार दुई सय हेक्टरमा सिँचाइ सुविधा पुगेपछि करिब सात हजार किसानले अब वर्षैभर खेती गर्न पानीको सुनिश्चितता भएको छ ।
मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताउनुभयो । पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उहाँले जानकारी दिनुभयो । सिलगुढी निवासी उहाँ एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आउनुभएको थियो ।
कोभिड–१९ बाट सङ्क्रमित भएकालाई राख्न निर्माण गरिएका निगरानी केन्द्र (होल्डिङ सेन्टर) तथा उपचार केन्द्र प्रयोगविहीन बनेका छन्। पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म नेपाल–भारत सीमामा विभिन्न सात ठाउँमा निर्माण गरिएका ती निगरानी केन्द्र दुर्लभ साधन खर्च गरेर बनाइएको हो। तिनको स्वामित्व कसले लिने भन्ने नै अन्योल बनेको छ। कोभिड–१९ को दोस्रो लहरको समयमा २०७८ वैशाख १३ गते मन्त्रीपरिषद्को बैठकले नेपाल–भारत सीमाका विभिन्न आठ स्थानमा ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र निर्माण र व्यवस्थापन गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको थियो। स्वास्थ्य उपचार प्रयोजनका लागि निगरानी केन्द्र निर्माण भए
असार १५ लाई धान दिवस भनेर मन्त्रीले खेतमा गएर धान रोप्ने परम्परा सुरु भएको पनि २० वर्ष भयो। २०६१ मङ्सिर २९ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार २०६२ सालदेखि असार १५ लाई धान दिवसका रूपमा मनाउन थालिएको हो। यस वर्ष पनि कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले हातले र राइस ट्रान्सप्लानरले धान रोपेर धान दिवसको औपचारिकता पूरा गर्नु भयो। यही धान दिवसको रोपाइँ लीलाले एक कृषि मन्त्रीको जागिर गए पनि मन्त्री
पशुपतिनाथको मन्दिर धार्मिक, पुरातात्त्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान हो। पैगोडा शैलीको आकर्षक मन्दिर खुला सांस्कृतिक सङ्ग्रहालय जस्तै देखिन्छ। जन्मेदेखि मृत्युपर्यन्त हुने सनातनी मान्यता दैनिक सयौँको सङ्ख्यामा भइरहेका हुन्छन्। शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनका लागि पशुपति क्षेत्र सदैव आस्था र श्रद्धाको केन्द्र बनेको छ। आज पशुपतिनाथ धार्मिक र पौराणिक विषयको अध्ययन, आस्था कायम राख्दै महत्वपूर्ण
यो पटक मनसुन केही ढिला भए पनि वर्सात्ले आफ्नो रूप देखाउन थालिसकेको छ। पूर्वी पहाडी जिल्लामा त बाढी र पहिरोले जनधनकै क्षति गरिसकेको छ। सडक अवरुद्ध पारेको छ, पुल बगाएको छ। राजधानीलाई तराईसित जोड्ने मूल मार्ग मुग्लिन नारायणगढ खण्डमा पहिरोले यात्रुलाई दिनदिनै जस्तो दुःख दिन थालिसकेको छ। यस्तो अवस्थामा राजधानी काठमाडौँलगायत सहरी क्षेत्रमा भने कालोपत्र कामले गति लिएझैँ देखिन थालेको छ। कतै रातभरमा कालोपत्रेमाथि कालो
शैक्षिक जगत्मा गुरुको सङ्ख्या र गुरुत्वको सीमा बाँध्न कठिन छ। सच्चा मानव बन्नका लागि जीवनकालमा एक व्यक्तिले थुप्रै गुरुबाट शिक्षा आर्जन गर्छ। व्यक्तित्व विकासका लागि मात्र नभई समाज तथा राष्ट्र विकासका लागि समेत ज्ञानसँगै सिपमुखी शिक्षाका लागि गुरुको योगदान सर्वोपरि हुन्छ। आधुनिक शिक्षण सिकाइ प्रव्रिmयाका अनेक प्रारूप र प्रविधि देखा परे पनि सम्मुखमा रहेर सहज र सरल तरिकाबाट सिकाउने गुरुको तुलना अरूसँग हुन सक्दैन। आधुनिक टेक्नोलोजीबाट प्रा
ढिलो मनसुन सुरु भएका कारण गत वर्षको तुलनामा रोपाइँ कम भएको छ । कृषि विभागको तथ्याङ्क अनुसार बिहीबारसम्म ११.१४ प्रतिशत मात्र रोपाइँ भएको छ । जब कि गत वर्ष असार १० सम्ममा १७ प्रतिशतभन्दा बढी रोपाइँ भएको थियो । सबभन्दा बढी कर्णाली र सुदूरपश्चिममा २३–२३ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ । कोशी प्रदेशमा १७, लुम्बिनी प्रदेशमा ११.९, गण्डकी प्रदेशमा ६.८९ प्रतिशत, बागमतीमा पाँच प्रतिशत रोपाइँ भएको छ भने सबभन्दा कम मधेशमा हालसम्म तीन प्रतिशत रोपाइँ मात्र भएको छ ।
वरिष्ठ आधुनिक मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई सम्मान गरिएको छ । ‘आरम्भ’ समसामयिक नेपाली मूर्तिकार समूहले स्थापना गरेको ‘आधुनिक मूर्तिकला रत्न’ उपाधि एक समारोहबिच ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले मैनालीलाई प्रदान गर्नुभएको हो । कार्यक्रममा बोल्दै उपकुलपति लामाले नेपाली मूर्तिकला क्षेत्रमा कलाकार मैनालीको स्थान उच्च रहेको बताउनुभयो ।
उपचारमा लापरबाहीको भएका बिरामीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले दमौलीस्थित रत्नहरि अस्पतालमा तालाबन्दी गरिदिएका छन् ।
वेब सिरिज ‘रणा भो’ निर्माण हुने भएको छ । आइतबार भद्रकाली मन्दिरमा सिरिजको शुभ मुहूर्त गरिएको छ । मुहूर्तसँगै सिरिजको छायाङ्कनसमेत सुरु भएको छ । मुभी प्वाइन्टको प्रस्तुति र ज्ञारा इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने सिरिजलाई रामजी राउत र ज्ञानकुमार कट्टेलले निर्देशन गर्दै हुनुहुन्छ । सिरिजको सम्पूर्ण छायाङ्कन काठमाडौँमा गरिने छ ।