• १३ साउन २०८१, आइतबार

युगल गीत

blog

केटी :

वासन्ती बहार छर्न आउनू है !

खालि छ सिउँदो भर्न आउनू है !

केटा :

यो आँखाभित्र लुकाउँछु छिट्टै

मन मन्दिरमा बसाउँछु छिट्टै ।

केटा :

तन मन र धड्कन साट्नु छ

दुई ज्यान एक प्राण बन्नु छ ।

केटी 

तिमी जून हुँदा म आँगन हुन्छु

जुनीभर मायालु शीतल ताप्छु ।

केटा 

तिमी एक आशा भरोसा हौ

प्यासीको प्यासको जरुवा हौ ।

केटी 

प्रीतिको बाग सजाई बस्या छु

मनको द्वार खुल्ला राख्या छु ।

दुवै 

मायामा रम्नु छ मायामा बाँच्नु छ

युग युगसम्म साथै हिँड्नुछ ।